६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी प्रावधानअनुसार सांसदहरूले २०८३ साल साउन १ गतेदेखि भदौ २९ गतेभित्र (६० दिन) सम्पत्ति विवरण बुझाउनुपर्ने भएको हो।

सांसदहरूले आफ्नो वा परिवारको नाममा रहेको घर, जग्गा, नगद, बैंक मौज्दात, सेयर, सवारीसाधन लगायतका सम्पत्तिको स्रोत र प्रमाणसहितको विवरण खामबन्दी गरी बुझाउनुपर्नेछ।
सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्तिको स्रोत पारदर्शी बनाउन ल्याइएको यो व्यवस्थाले अब सांसदहरूको आर्थिक गतिविधिमाथि थप निगरानी बढाउने अपेक्षा गरिएको छ।

तर तोकिएको समयभित्र विवरण नबुझाउने वा गलत विवरण पेश गर्नेहरू कानुनी दायरामा आउन सक्ने व्यवस्था छ। अब सांसदको सम्पत्तिको हिसाब–किताब कत्तिको पारदर्शी हुन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनर प्रधानमन्त्री शाहबीच छलफल

काठमाडौं,१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्नु भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल