फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनर प्रधानमन्त्री शाहबीच छलफल

काठमाडौं,१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्नु भएको छ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा आयात–निर्यात, चोरी पैठारी ९तस्करी०, दक्ष जनशक्तिको अभाव तथा जुत्ता उद्योगसँग सम्बन्धित अन्य समसामयिक विषयमा विस्तृत छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एशोसिएसनका अध्यक्ष सुरज बञ्जाडले उद्योगीहरूले सामना गरिरहेका विभिन्न समस्याबारे प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको बताउनु भयो।

उहाँले आयात–निर्यातको प्रक्रिया, बजारमा भइरहेको चोरी पैठारी नियन्त्रण, दक्ष जनशक्तिको अभावलगायतका विषयमा सरकारको सहयोग आवश्यक रहेको भन्दै यी सबै विषयमा सकारात्मक छलफल भएको जानकारी दिनु भयो।

अध्यक्ष बञ्जाडका अनुसार प्रधानमन्त्रीले उद्योगीका समस्यालाई गम्भीरतापूर्वक लिँदै तत्काल गर्न सकिने कामहरू शीघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरर्नु भएको छ । उहाँले भन्नु भयो,‘समग्र रूपमा हामीले आयात–निर्यातदेखि लिएर बजारमा भइरहेको चोरी पैठारी, हामीसँग रहेको दक्ष जनशक्तिको समस्या तथा फुटवेयर उद्योगसँग सम्बन्धित विभिन्न विषयवस्तु उठाएका थियौं। ती सबै विषयमा प्रधानमन्त्रीज्यूसँग विस्तृत छलफल भयो। छलफल सकारात्मक रह्यो। प्रधानमन्त्रीज्यूले पनि हामीले उठाएका विषयलाई सकारात्मक रूपमा लिनुभएको छ र तत्काल गर्न सकिने कामहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।’

उहाँले उक्त छलफल जुत्ता उद्योगको प्रवद्र्धन र उद्योगीका समस्या समाधानतर्फ सकारात्मक सुरुआत भएको विश्वास व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनर प्रधानमन्त्री शाहबीच छलफल

काठमाडौं,१ साउन । प्रधानमन्त्री बालेन शाहले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालका पदाधिकारीसँग जुत्ता उद्योगका समस्या र समाधानका उपायबारे छलफल गर्नु भएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को