अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपर्याे : रामचन्द्र पौडेल

काठमाडौं ,८ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताउनु भएको छ ।

शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो , ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ । म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु ।’

उनले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र पु¥याएको योगदान स्तुत्य भएको बताए ।

राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिनु नहुने स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गर्दै अघि बढ्नुपर्दछ । हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ । यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ ।’

राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेना थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूलमन्त्र भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव धनगढीमा

काठमाडौं,९ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नु भएको छ । शिक्षा तथा

‘हामीभित्र कमजोरी भए पनि सफलताका सबल पक्ष छन्’ : पोखरेल

काठमाडौं,९ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताउनु भएको छ । नरबहादुर कर्माचार्यको १३ औं

गीत, संगीत र कला हाम्रो इतिहास र पहिचान हो : सभामुख अर्याल

काठमाडौं,९ साउन । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताउनु भएको छ । शनिबार वरिष्ठ गीतकार

सांसदलाई पीए दिने निर्णयविरुद्ध जेनजी सडकमा

काठमाडौं,९ साउन । संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी

डा. केसीको उपचार र माग सम्बोधनका लागि मन्त्रालय सक्रिय

काठमाडौं,९ साउन । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले

तीन वर्षको प्रतीक्षापछि काखमा खेलिरहेकी छोरी, मेघाको मुहारमा फर्कियो खुसी

दमक, ९ साउन । मन कति खुसी र सन्तुष्ट छ भन्ने कुरा शब्दले होइन, आँखाको चमक, ओठको मुस्कान र अनुहारमा देखिने भावले पनि बताउँछ। मेघा