६३ वटा स्थललाई सामान्यमा

इलाममा  २९ वटा मतदानस्थललाई अति संवेदनशीलमा

 

 

 

 

 

 

इलाम : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका २९ वटा मतदानस्थललाई अति संवेदनशीलमा राखेको छ। यस्तै, ५९ वटा मतदानस्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखिएको जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए।

सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान स्थलको अवस्था विश्लेषण गरेर अति संवेदनशील, संवेदनशील र सामान्यमा छुट्याइएको बताइएको छ।

‘कतिपय नजिक र सुविधा सम्पन्न स्थानहरुमै रहेका मतदानस्थल पनि अति संवेदनशीलमा परेका छन्, कति टाढा र सीमा क्षेत्रमा पर्ने स्थलहरु पनि छन्।’ प्रजिअ ढुङ्गानाले भने ‘अब एकिकृत सुरक्षा योजना तयार भएपछि र निर्वाचन अधिकृत तथा मतदान अधिकृत खटाइएपछि मात्र सुरक्षाकर्मी पनि खटिनेछन्।’

यता, जिल्लामा रहेका ५५० बढी नेपाल प्रहरी, एक हजार १९८ म्यादी प्रहरी आउँदो निर्वाचनमा खटिने इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए। ‘नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना बीच एकिकृत सुरक्षा योजना बन्दै छ, यो योजना बनेपछि मात्र निर्वाचनमा खटिने सुरक्षाकर्मीको संख्या आउनेछ।’

अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने छ। अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक