गीत, संगीत र कला हाम्रो इतिहास र पहिचान हो : सभामुख अर्याल

काठमाडौं,९ साउन । सभामुख डोलप्रसाद अर्यालले गीत, संगीत, साहित्य र कला नेपाली समाजको भावना, इतिहास र पहिचान भएको बताउनु भएको छ । शनिबार वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्ती तथा ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह–२०८३ लाई सम्बोधन गर्दै उहाँले गीत, संगीत, साहित्य र कलाले नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा–आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘गीत, संगीत, साहित्य र कला हाम्रो भावना हो । हाम्रो इतिहास र पहिचान पनि हो। नेपाली जनजीवनका सुख–दुःख, प्रेम–विरह, आशा, आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई गीत, संगीत, कला र साहित्यले अत्यन्त प्रभावकारी भूमिका खेलेको छ । यही समृद्ध परम्परालाई निरन्तरता दिने क्रममा छिन्नलता गीत पुरस्कार गुठीले लामो समयदेखि नेपाली गीत–संगीतका स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ ।’ सभामुख अर्यालले छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको संस्था भएको उल्लेख गर्नु भयो ।

 

उहाँले भन्नु भयो, ‘छिन्नलता गीत पुरस्कार गुठीको नाम नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको छ । उहाँको योगदानलाई स्मरण गर्दै स्थापना भएको यो पुरस्कारले नेपाली गीत–संगीत क्षेत्रमा निरन्तरता, गुणस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको छ ।’ यस वर्षको छिन्नलता गीत पुरस्कारबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ विशेष सम्मानबाट सम्मानित हुनु भएको छ । त्यसैगरी, डा. नवराज लम्साल (गीत रचना), किरण कँडेल (संगीत सिर्जना), बिमला राई (गायन) र सारिका घिमिरे (युवा प्रतिभा)बाट सम्मानित तथा पुरस्कृत हुनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ