जापानको कुमामोतो प्रान्तमा भुकम्प ,१३ जनाको मृत्यु

काठमाडौं,१३ साउन । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताउनु भएको छ ।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान १०ः३० बजेसम्म भूकम्पमा परी १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमध्ये केहीको मृत्यु भूकम्पसँग सम्बन्धित कारणबाट भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उ
हाँले बताउनु भएको हा ।

‘कुमामोतो भूकम्पबाट मानवीय क्षति, भवन भत्किनु, आगलागी र सडकमा क्षति लगायतका व्यापक प्रभाव देखिएको छ,’ ताकाइचीले उल्लेख गर्नु भएको छ । उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । साथै, भूकम्प प्रभावित सबैप्रति सरकारको सहानुभूति रहेको बताउनु भएको छ  ।

जापान सरकारले क्षतिको विस्तृत मूल्यांकन गर्दै विभिन्न मन्त्रालय र निकायबीच समन्वय गरेर आपत्कालीन उद्धार तथा राहत कार्य अघि बढाइरहेको जनाएको छ । प्रधानमन्त्री ताकाइचीले कठिन परिस्थितिका बाबजुद उद्धार कार्यमा खटिएका स्थानीय अधिकारी, प्रहरी, अग्नि नियन्त्रक, जापान कोस्ट गार्ड र आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स) का कर्मचारीलाई धन्यवाद दिनु भएको छ।

‘अझै पनि केही मानिस उद्धारको प्रतीक्षामा छन् । समय अत्यन्त महत्वपूर्ण छ । सकेसम्म धेरैको जीवन बचाउन सबै स्रोत परिचालन गरिनेछ,‘ उहाँले भन्न्ु भयो । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक गर्मी रहेकाले उद्धारकर्मी र प्रभावित नागरिकलाई गर्मीबाट जोगिन जापानी सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री ताकाइचीले उद्धार र पुनःस्थापना कार्यमा संलग्न सबैले तातो मौसममा सावधानी अपनाउनुपर्ने बताउनु भएको छ । सरकारले प्रभावित क्षेत्रमा विद्युत् र खानेपानी सेवा पुनःस्थापना गर्ने काम अघि बढाएको छ । जापानी आत्मरक्षा बलले खानेपानी वितरण र बिरामीको उद्धार तथा स्थानान्तरणमा सहयोग गरिरहेको छ ।

यस्तै, राहत शिविरमा खाना, पिउने पानी, कार्डबोर्ड बेड, ट्वाइलेट पेपर, एयर कन्डिसनर र जेनेरेटरलगायत अत्यावश्यक सामग्री पु¥याउने काम भइरहेको सरकारले जनाएको छ । यसअघि भूकम्पपछि क्युशु द्वीपको दक्षिणपश्चिम क्षेत्रमा पर्ने काशिमा सहरस्थित एयोन मलमा विस्फोट भएको थियो । विस्फोटमा दुई महिलाको मृत्यु भएको र एक महिला अचेत अवस्थामा भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका थिए ।

जापानी समाचार संस्था क्योदो न्युजका अनुसार विस्फोटको कारण ग्यास चुहावट भएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलबाट सुरुमा १० जना बेपत्ता रहेको जानकारी दिइएको थियो । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले उद्धार तथा राहत कार्यका लागि करिब ३ हजार ६ सय आत्मरक्षा बलका सदस्य परिचालन गरिएको बताएका छन ।

उनीहरूले आपत्कालीन उद्धार टोलीसँग मिलेर प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य गरिरहेका छन् । प्रधानमन्त्री ताकाइचीले बुधबार दिउँसो दोस्रो आपत्कालीन विपद् व्यवस्थापन मुख्यालय बैठक बोलाएर पछिल्लो अवस्थाको समीक्षा गर्ने र राहत तथा पुनःस्थापना कार्यलाई तीव्र बनाउने बताउनु भएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

सगरमाथा आरोहण अनुमतिमा कडाइ गर्न पासाङ दावाको माग

काठमाडौं,१३ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताउनु

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं,१३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

काठमाडौं,१३ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरिएको छ

झापामा दुई महिलाको मृत्यु , कारण बारे थाह पाँउ

दमक, १३ साउन । झापामा बुधबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सवारी दुर्घटना र करेन्ट लागेका कारण दुई महिलाले ज्यान गुमाएका हुन्। जिल्ला

दमकको खोल्सीमा रमेश दर्जी मृत फेला

दमक,१३ साउन । झापाको दमकमा खोल्सीमा डुबेको अबस्थामा एक जना मृत फेला परेका छन् । आज बिहान दमक ९ एमाले पार्टी कार्यालय नजिकैको खोल्सीमा डुबेको