इटहरीमा नेकपा एमालेका सहित हजारौं नेकपा एसमा प्रवेश

 

 

 

 

इटहरीः नेकपा एमालेका सहित हजारौँ कार्यकर्ता नेकपा एसमा प्रवेश गर्ने भएपछि स्वागत गर्न नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रद्यानमन्त्री माधव कुमार नेपाल सोमबार इटहरी आउने भएका छन् ।

वर्गीय विभेदको अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्ने मुल नीति लिएको र त्यसको नेतृत्व गर्ने नेता हरेक राजनितिक परिवर्तनमा मुल सम्वाहकको रुपमा स्थापित इमान्दार त्यागि र कुशल संगठकहरु भएका कारणले नेकपा एसमा पार्टी प्रवेश गर्ने जनलहर चलेको पार्टीका नगर इन्चार्ज वुद्धिजिवी तथा प्रध्यापक केवल फुयालले जानकारी गराए ।

उनि भन्छन् “ २००७ सालदेखि अहिले सम्म व्यवस्था परिवर्तन भयो तर नेतृत्वको प्रवृति उहि राणा, राजा र सामन्तहरुको जस्तै देखियो त्यसैले अव जनताले नेताको मनोविज्ञान र प्रवृति हेरेर पार्टी र व्यक्ति रोज्न थालेका छन् । त्यसैको फलस्वरुप चैत्र २१ गते हजारौँको संख्यामा नेकपा एसमा बिभिन्न पार्टीका कार्यकर्ताहरु पवेश गर्दैछन् ।”

पार्टी अध्यक्षको उपस्थितीको अवसर पारेर नेकपा एमालेका सहित हजारभन्दा बढिको संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ । यद्यपि कुन पार्टीबाट कति कार्यकर्ता नेकपा एसमा प्रवेश गर्दैछन् भन्ने कुरा भने खुलाइएको छैन् ।

विहान साढे ११ बजे इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने बृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । पुर्व प्रद्यामन्त्री नेपाल बाहेक पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का पार्टी इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राई र पोलिब्युरो सदस्य धर्म निरौला,पार्टीका केन्द्रिय सदस्य केशव कुमार बिष्ट लगायतको उपस्थिती हुने कार्यक्रम रहेको छ ।

नेकपा एसको आयोजनामसोमबार हुने कार्यक्रममा पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी,नगरकमिटी, वडा कमिटी सँगै ,जनवर्गीय सङगठनका पदाधिकारीहरुको समेत उपस्थिती आयोजकले बताएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण