सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

काठमाडौं,११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताउनु भएको छ।

सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप (भायबिलिटी) र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताउनु भयो।

उहाँले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गर्नु भयो । उहाँका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बनाउँछ ।

मन्त्री लम्सालले कुनै सडक खण्डमा सुरुङमार्ग निर्माणबाट दूरी उल्लेखनीय रूपमा घट्ने र त्यस मार्गमा पर्याप्त सवारी चाप हुने अवस्था भएमा सुरुङमार्ग निर्माण उपयुक्त हुने बताउनु भयो । यस्ता परियोजनाको निर्णय ‘सम्भाव्यता परिक्षण’ अर्थात् व्यवहार्यता परीक्षणका आधारमा गरिने उहाँको भनाइ छ ।

उहाँले पहिरोको उच्च जोखिम भएका क्षेत्रमा पनि सुरुङमार्ग प्रभावकारी विकल्प हुने उल्लेख गर्दै सरकारले आगामी योजनाहरूमा यस्ता स्थानलाई प्राथमिकतामा राखेर सुरुङमार्ग निर्माण अघि बढाइरहेको जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बोलबम यात्राका क्रममा दुई पक्षीय झडप : सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज (नयाँ हटिया) क्षेत्रमा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको

प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न सरकार विभागको चेतावनी

काठमाडौं,११ साउन । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले

नेपालको पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्गले नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

काठमाडौं,११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन समारोहमा बोल्दै उक्त सुरुङ नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

काठमाडौं,११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने शिक्षामन्त्रीको प्रतिबद्धता

जनकपुर,११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिनु भएको छ । सोमबार

सुरुङमार्ग शुभारम्भ,आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा

काठमाडौं ,११ साउन। नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र