केपी ओली

दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा आपत्ति

काठमाण्डौं/ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबार काठमाण्डौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शीर निहुर्याउने लज्जाजनक काम अरु हुन नसक्ने बताउनुभएको हो । यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उहाँले आरोप लगाउनुभयो ।

ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यबारे पनि प्रश्न उठाउनुभयो । त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डाप्रति सौदाबाजी गरेको टिप्पणी गर्नुभयो । पाँच दलिय गठबन्धनको ध्यान कुर्सी, सत्ता, भ्रष्टचारमा मात्र केन्द्रीत भएको उहाँले आरोप लगाउनुभयो । ओलीले पाँच दलले पाँचतीरबाट आफुहरुलाई घेराबन्दी गरेको भन्दै एमालेले उनीहरुको घेरावन्दी तोड्ने दावी गर्नुभयो ।

उहाँले पाँच वर्षे सरकार ढालेर प्रचण्ड र माधव नेपालले मुलुकमा अस्थीरता निम्ताउन खोजेको र दक्षिणपन्थी सरकार बनाएको तर्क गर्नुभयो । उहाँले मुलुकलाई सहि दिशातर्फ अघि बढाउनका लागि गम्भीर भएर लाग्न बुद्धिजीवीलाई आग्रह समेत गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन