किशोरी थप मानसिक पीडामा

बलात्कारपछि गर्भवतीलाई अभिभावकबाटै अस्वीकार

 

 

 

 

काँकडभिट्टा — १७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् । 

ती किशोरी दिदीसँगै भारत गएकी थिइन् । सीमापारि नक्सलबारीका एक चिनारु युवकले दक्षिण भारत तामिलनाडुको एउटा कपडा कारखानामा काम पाइने र तलब पनि मनग्य हुने बताएका थिए । तिनै युवकको भर परेर दिदीबहिनीले फागुन अन्तिम साता नक्सलबारीबाट रेल चढेका थिए । तीन दिन र तीन रातको लामो र सकसपूर्ण यात्रा तय गरेर तामिलनाडु पुगे । डेरा खोजेर तीनै जना सँगै बसे । करिब १०, १५ दिनपछि कपडा कारखानामा काम पनि मिल्यो । तलब पनि ठीकै थियो ।

केही दिन सँगै काम गरेपछि दिदी घर फर्किइन् । ‘मलाई पनि दिदीले फर्किनुपर्छ भन्नुभएको थियो तर फर्किनै मन लागेन, कमाएर मात्रै फर्किन्छु भन्ने भयो’, किशोरीले सुनाइन् । उनी तिनै युवकको आड–भरोसामा बसिन् । अहिले भने उनलाई आफ्नो निर्णयप्रति ठूलो पश्चात्ताप छ । ‘दिदी हिँडेपछि त्यो मान्छेले मलाई पटक–पटक बलात्कार गर्‍यो, कुटपिट गर्‍यो,’ उनले भक्कानिँदै सुनाइन्, ‘पाँच महिना त धेरै पीडा सहेर बस्नुपर्‍यो ।’ आठ महिनाको गर्भ बोकेर फर्किएकी उनलाई अभिभावकले जिम्मा लिन मानेको छैन ।

भारतकै केही गैरसरकारी संस्थाको पहलमा उनलाई उद्धार गरेर सिलिगुडीको एउटा पुनःस्थापना केन्द्रमा राखिएको थियो । त्यहाँ करिब ७ महिना बिताएपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा विश्व सेवा विस्तार नामक सामाजिक संस्थाले उद्धार गरेर नेपाल ल्यायो तर घर पठाइएको छैन ।

‘हामीले उद्धार गरेर ल्यायौं, अभिभावकले घर लैजान मानेनन्,’ विश्व सेवा विस्तारका फिल्ड अफिसर इन्द्र बस्नेतले भने । अपरिचित मान्छेको गर्भ बोकेर आएकी भन्दै घर परिवारले अस्वीकार गर्दा ती किशोरी थप मानसिक पीडामा रहेको उनले बताए । किशोरीको अहिले ८ महिनाको गर्भ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको