कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५१०४ नम्बरको पिकअप ले सडक पार गर्दै गरेका कन्काई–४ निवासी करिब ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोडतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार