चैत्र २५ गतेदेखि ७ दिनसम्म खोप

टाइफाइटविरुद्ध भद्रपुरका १७ हजार बालबालिकालाई खोप लगाइने

 

 

 

 

भद्रपुर  टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ ।

स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो ।

१५ महिना देखि १५ वर्षसम्म उमेर समूहका १७ हजार ९ सय १६ जना बालबालिका भद्रपुर नगरपालिका भित्र रहेको जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले खोप लगाउन सवै पक्षको सहयोग औंल्याएका थिए ।

स्वास्थ्य नीरीक्षक तथा फोकल पर्सन मनोज भट्टराइले सहजीकरण गर्दै अन्य उमेर समूहमा भन्दा १५ महिनादेखि १५ वर्षसम्मका समूहका व्यक्तिहरूलाई रोगको सङ्क्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूहले खोप लगाउनै पर्ने प्रष्ट पारेका थिए । विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई निर्धारित खोप केन्द्रमा यो सेवा उपलब्ध हुने पनि उनले बताए  ।

उनका अनुसार दुई सयभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई नजिकको केन्द्रमा खोप लगाउने प्रबन्ध मिलाइएको छ भने सो भन्दा बढी विद्यार्थी रहने विद्यालयमै खोप केन्द्रका रूपमा चैत्र २५ गतेदेखि ७ दिनसम्म खोप लगाइने छ । खोप लगाएपछि केही शारीरिक प्रतिक्रिया आउन सक्ने भए पनि कुनै क्षति नहुने हुँदा नडराउन समेत भट्टराईले आग्रह गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको