ताप्लेजुङमा जसपाले गर्‍यो उम्मेदवार घोषणा

 

 

 

ताप्लेजुङ — जनता समाजवादी पार्टी(जसपा)ले ताप्लेजुङमा उम्मेद्वार घोषणा गरेको छ । फुङलिङ नगरपालिकासहित फक्ताङलुङ, मिक्वाखोला, पाथीभरा याङवरक र सिदिङवा गाउँपालिकामा उम्मेद्वार घोषणा गरेको हो ।

जसपाले फुङलिङ नगरपालिकाको मेयरमा प्रदीप मादेन र प्रज्ञा इजमलाई उपमेयरमा उठाउने भएको छ । पार्टी अध्यक्ष कीर्तिमान मादेनका अनुसार फक्ताङलुङको अध्यक्षमा श्री लिंखिम, मिक्वाखोलामा डिल्लीहाङ साँवा, पाथीभरा याङवरकमा सरन तामाङ र सिदिङवाको अध्यक्षमा अमृत लिङदेनलाई उम्मेदवार बनाइएको छ । गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार चयन गर्ने क्रममा रहेको अध्यक्ष मादेनले वताए ।

फुङलिङ नगरपालिकाका २ वडाबाहेक सबै वडामा पनि जसपाले उम्मेदवारको टुंगो लगाएको छ । वडा नम्बर १ मा सुकवहादुर मादेन, २ मा दुर्गाप्रसाद न्यौपाने, ३ मा इन्द्रकुमारी हेल्लोक पालुङवा, ४ मा लोकेन्द्र तुम्वाहाम्फे, ५ मा अशोक बिश्वकर्मा, ६ मा भरत कुमार गुरुङ, ७ मा कर्ण पालुङवा ९ मा दिपेश मादेन र १० मा श्रीहाङ तवेवुङको नाम सार्वजनिक गरिएको छ ।

फक्ताङलुङ २ मा शुरेश अङछङवो, ४ मा डम्बर लावुङ, ५ मा मकरध्वज लिम्बू, ६ मा केदारजंग ताप्मादेन वडाध्यक्षको उम्मेदवार बनाइएको छ ।

मिक्वाखोला–२ मा डिल्ली हाङ साँवा, ४ मा गोपाल साँवा र पाथीभरा याङवरक ३ मा सरोज कङलिवा लिम्बू उम्मेद्वार रहेका छन् । सर्वसम्मत भएका नामहरू सार्वजनिक गरिएको र विवाद भएको वडामा मिलाउने प्रयास भइरहेको मादेनले जानकारी दिए ।

 

Share: