थप अनुसन्धान जारी

उदयपुरमा विद्यालय हिँडेकी छात्राको हत्या

 

 

उदयपुर बेलका नगरपालिकामा १५ वर्षीय किशोरीको शव फेला परेको छ । नगरपालिकाको ३ नम्बर वडामा यशोदा खोला किनारमा  घोप्टो परेको अवस्थामा कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी सुनारको शव घरबाट करिब २ किलोमिटर टाढा फेला परेको हो । शरिमा चाेटपटक देखिएकाकाे हत्या भएकाे हुनुक्ने बताइएकाे छ । प्रहरीले हत्याकाे अशंकामा स्थानिय विनोद ढकाल र सरिता खत्रीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा दिइएका दुबैजनालाई म्याद थपका लागी गाइघाट लगिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले जानकारी दिएका छन् ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत सुनुवारकाे क्रूर र हिंस्रक ढङ्गले हत्या भएको भन्दै विद्यालयले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो