उपचारको अभाव

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेपछि ‚ मानसिक रोगी दुई दाजुभाइ वर्षौंदेखि खोरमा

 

 

 

भोजपुर : साल्पासिलिछो गाउँपालिका-२ जिमिगाउँका एकै परिवारका मानसिक रोगी दुई युवालाई लामो समयदेखि खोरमा थुनेर राखिएको छ। कमजोर आर्थिक अवस्थाका उपचार गर्न नसकेपछि परिवारले उनीहरूलाई काठको खोर बनाएर थुनेर राखेको हो।

उपचार गर्न नसकेपछि कान्छा छोरा ३३ वर्षीय डेगराज चौहान सात वर्षदेखि र जेठो छोरा ३७ वर्षीय डम्बर चौहानलाई दुई वर्षदेखि खोरमा थुरेर राख्नु परेको बुवा छत्रबहादुर चौहानले बताए। उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउनेलगायत क्रियाकलाप गर्ने उनले बताए।

‘आर्थिक अवस्था कमजोर छ। उपचार गर्ने पैसा छैन। कमाएर ल्याउने छोराहरूमा मानसिक रोग छ‚’ छत्रबहादुरले भने‚ ‘उनीहरूलाई सम्हालेर राख्न नै समस्या छ। खोरमा राखेन भने अनेक उप्रदो गर्छन्। आफ्ना छोरा हुन् माया त लाग्छ नि। तर‚ पनि पशु झैं खोरमा राख्नु परेको छ।’

उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ। उपचारको अभावमा छोराहरुले कष्टकर जीवन बिताइरहेकाले छत्रबहादुरले सहयोगको याचना गरेका छन्।

‘गरिब परिवार छ। चरम आर्थिक अभाव छ‚’ उनले भने‚ ‘उपचारका लागि कोसिस गर्दागर्दै केही भएको सम्पत्ति पनि सकियो। अब उनीहरूलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प छैन। सरोकारवालाले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा छ।’

ती दाजुभाइलाई ललितपुरको पाटनमा रहेको मानसिक अस्पतालमा उपचार गराए पनि रकम अभाव भएपछि घरमै ल्याएर राखेको छत्रबहादुरले बताए। उनीहरूलाई नियमित औषधि खुवाउन नसकेको कारण झनै समस्या भएको उनको भनाइ छ।

छत्रबहादुरका तीन छोरामध्ये जेठो र कान्छालाई मानसिक समस्या छ। माइलो छोरा छुट्टिएर बसेका छन्। मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइलगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि आफ्ना छोराहरूलाई सरकारले अपाङ्गता परिचयपत्रसमेत नदिएको छत्रबहादुरको गुनासो छ।

गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट बञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताइन्। ‘उहाँहरूको अवस्थाबारे हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौँ‚’ उनले भनिन्‚ ‘उनीहरूलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौँ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।