मेला

विराट ट्रेड एक्स्पोपाँच दिनमा १० करोडको कारोबार

 

 

 

विराटनगर । मोरङ व्यापार संघले गत चैत १८ गतेदेखि विराटनगरमा सुरु गरेको ‘विराट ट्रेड एक्स्पो’मा लगभग १० करोडको कारोबार भएको छ ।
मेला आयोजक समितिका संयोजकसमेत रहेका मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले दिएको जानकारी अनुसार हालसम्म लगभग ४० हजार मानिसले अवलोकन गरेका छन् ।

‘आजसम्ममा लगभग ८ देखि १० करोडको कारोबार भएको अनुमान छ,’ उनले भने, ‘एक्ज्याक्ट डाटा आएको छैन, ४ वटा कार, जेनेरेटर तथा डेढ दर्जन बढी इलेक्ट्रिक साइकलको विक्री भएको छ ।’ २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरेका थिए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेका छन् ।

एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ । ‘हामीले गरेको अपेक्षा अनुसार नै एक्स्पोमा मानिसको सहभागिता उत्साहजनक छ,’ बेगवानीले भने, ‘कारोबार पनि लक्ष्य अनुसार पुग्ने देखिएको छ ।’

झण्डै ३ करोड रुपैयाँ खर्च गरेर सुरुवात गरिएको एक्स्पोमा ४५ करोडको कारोबार हुने अनुमान आयोजकको छ । एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम भइरहेको छ । त्यस्तै जीपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङलगायतका साहसिक खेलकुदको पनि व्यवस्था छ ।

एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको छ । फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन