१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

काठमाडौं,३ भदौ । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।

हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई शिखरसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले लेनिन पिकको शिखर सफलतापूर्वक पुग्न सकेको कम्पनीले जनाएको छ ।

यस अभियानमा हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पासाङ गेल्जे शेर्पा स्वयं पनि सहभागी थिए । उनले यसपटक एकपटक लेनिन पिकको शिखर आरोहण गरेका छन् ।

लेनिन पिक आरोहण गर्ने १३ शेर्पा

हिमालयन र्याम्बलरका अनुसार यस वर्षको लेनिन पिक अभियानमा शिखर पुगेका शेर्पाहरूमा दारिन्जी शेर्पा, निमा ग्याल्जेन शेर्पा, छिरिङ टेन्डी शेर्पा ९बी०, निमा टेन्डी शेर्पा, पासाङ गेल्जे शेर्पा, दावा तेन्जी शेर्पा, आङ दावा शेर्पा, ल्हाक्पा छिरी शेर्पा, निमा नुरु शेर्पा, दावा जाङ्बु लामा, छिरिङ टेन्डी शेर्पा ९ए०, ल्हाक्पा नुरु शेर्पा र फुरु सोना शेर्पा रहेका छन् ।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार दारिन्जी शेर्पा, निमा ग्याल्जेन शेर्पा, छिरिङ टेन्डी शेर्पा ९बी० र निमा टेन्डी शेर्पाले दुई–दुई पटक तथा बाँकीले एक–एक पटक शिखर यो आरोहण गरेका छन् ।

कम्पनीका अनुसार यस अभियानमा नेपाली टोलीका शेर्पाहरूले आरोहणको प्राविधिक तथा व्यवस्थापकीय पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूले विदेशी तथा अन्य आरोहीहरूलाई उच्च हिमाली क्षेत्रमा मार्गदर्शन, सुरक्षा तथा शिखर आरोहणमा सहयोग गरेका थिए ।

हिमालयन र्याम्बलरले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत २०२६ को लेनिन पिक अभियान टोलीले ७,१३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको जानकारी समेत सार्वजनिक गरेको छ । कम्पनीले टोलीलाई सफल आरोहणका लागि बधाईसमेत दिएको छ । विश्वका अग्ला हिमाल आरोहणमा नेपाली शेर्पाहरुको सक्रियता बढेसँगै पछिल्लो समय अन्य मुलुकहरुले नेपाली शेर्पाहरुलाई हिमाल आरोहणका लागि बोलाउने गरेका छन् ।

७,१३४ मिटर अग्लो लेनिन पिक किर्गिस्तान र ताजिकिस्तानको सीमामा रहेको पामिर पर्वत शृंखलाको एक भव्य उच्च हिमाली शिखर हो । यो मध्य एसियाको प्रमुख पर्वतारोहण गन्तव्यका रूपमा परिचित छ । विश्वका ७ हजार मिटरभन्दा अग्ला हिमालमध्ये तुलनात्मक रूपमा सहज र कम प्राविधिक कठिनाइ भएको शिखरका रूपमा यसलाई चिनिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

काठमाडौं,३ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताउनु भएको

५२८ ग्राम गाँजासहित बिर्तामोडमा महिला पक्राउ

झापा,३ भदौ । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता

विश्वासको मत लिँदै मुख्यमन्त्री शाही ,नेकपाबिच छलफल हुने

सुर्खेत,३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट तीन बजे विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उहाँले प्रदेशसभाबाट

रास्वपा संसदीय दलको बैठक जारी 

काठमान्डौ, ३ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरू भएको छ ।   सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरू भएको हो

१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

काठमाडौं,३ भदौ । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष

२०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं,३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गर्नु भएको छ्