बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन नेपाली सेनाका चार तथा निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ।

यसैबीच, नेपाली सेनाको मेडिकल टिमले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा पनि सञ्चालन गरिरहेको छ। उद्धार गरिएका तथा उपचार आवश्यक पर्ने प्रभावितलाई सोही स्थानबाट प्राथमिक उपचार सेवा उपलब्ध गराइँदै आएको सेनाले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि सुरक्षा निकायले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालमा अप्रत्याशित बाढी : बिश्व स्वास्थ्य संघठनले पठाउने भयो यस्तो सहयोग

काठमाडौँ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको

चीनबाट फेरि आयो सूचना, भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै

काठमाडौं, १० भदौ । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोसी नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै

बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान,चितवन र नवलपरासीमा भने जोखिम कम

काठमाडौं,१० भदौ।चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह

बाढी प्रभावित क्षेत्रका सांसदहरुसग प्रधानमन्त्रीको संवाद, कसले के भने?

काठमाडौ , १० भदौ | सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गर्नुभएको

बाढीबारे चीनबाट आयो सूचना, जारी गरियो उच्च सतर्कता

काठमाडौं, १० भदौ। चीनतर्फबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका

राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौं : माहामन्त्री पौडेल

काठमाडौं,१० भदौ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग