रसुवा बाढी : उद्धार तथा राहत कार्य तीव्र

काठमाडौँ , १० भदौ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन भएका छन्।तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका ‘डिजास्टर रिलिफ सिस्टम’ (डीआरएस) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रमा तत्काल पु¥याउने कार्य भइरहेको छ। अन्य क्षेत्रमा रहेका कन्टेनरहरूलाई समेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी पठाइएको छ।

 

बाढीमा परी घाइते भएकाहरूको तत्काल प्राथमिक उपचारका लागि ‘मास क्याजुअल्टी भेहिकल’ (एमसीभी) सहितको चिकित्सा तथा उद्धार टोली क्षेत्रमा खटाइएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीहरूमा सशस्त्र प्रहरीको गस्ती टोलीले साइरन बजाएर र माइक मार्फत सूचना दिँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। घाइतेहरूको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा शय्याहरू तयारी अवस्थामा राखिएका छन्।

आपत्कालीन उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूको सुरक्षित उडान तथा अवतरण सुनिश्चित गर्न ’ल्यान्डिङ जोन’हरू तयार पारिएका छन्। रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ‘के–नाइन’ स्निफर कुकुर टोली परिचालन गरिएको छ।

 

हराइरहेका नागरिकको स्थिति पत्ता लगाउन र क्षतिको मूल्याङ्कन गर्न ड्रोन परिचालन गरिएको छ। विस्थापित शिविरहरूमा हैजा तथा पानीजन्य रोग फैलन नदिन आपत्कालीन खानेपानी शुद्धीकरण र औषधि वितरण सुरु गरिएको छ। भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्न सक्ने वा थप बाढी आउन सक्ने जोखिमको पूर्वसूचना पाउन चिनियाँ समकक्षी सुरक्षा निकायहरूसँग निरन्तर समन्वय र सूचना आदान–प्रदान भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय

१९ पुल र ४० किमी सडक क्षतिग्रस्त, यातायात ठप्प

काठमाडौँ,१० भदौ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र

बाटो–पुलभन्दा उद्धार प्रविधि र उपकरणमा लगानी गरौँ : हर्क राज राई

काठमाडौँ , १० भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताउनु भएको

दुई महिनाको तलब विपद् कोषमा जम्मा गर्न समीक्षा बास्कोटाको आग्रह

काठमान्डौ,१० भदौ । रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार र विपद् व्यवस्थापनमा परिचालन गर्न सरकारलाई आग्रह गर्नु भएको छ । बुधबारको

रसुवा बाढी : उद्धार तथा राहत कार्य तीव्र

काठमाडौँ , १० भदौ । रसुवा बाढीमा परेका नागरिकको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धार सामग्रीसहित टोलीहरू परिचालन