बाटो–पुलभन्दा उद्धार प्रविधि र उपकरणमा लगानी गरौँ : हर्क राज राई

काठमाडौँ , १० भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताउनु भएको छ।प्रतिनिधि सभाको बुधबारको बैठकमा राईले विकासका नाममा बाटो र पुल मात्र बनाउनु भन्दा विपद्को समयमा प्रभावकारी हुने उद्धार सामग्री र प्रविधिको विकासमा लगानी गर्न सरकारलाई सुझाव दिनु भयो।

उहाँले भन्नु भयो, ‘बाटो र पुल मात्र बनाएर हुँदैन, विपद्का बेला उद्धारका लागि हेलिकप्टर, एम्बुलेन्स र अत्याधुनिक प्रविधि सहितको दक्ष जनशक्ति र उपकरणहरू राज्यले जोड्नुपर्छ।’बाढी चीन तिब्बत बाट सुरु भएकाले छिमेकी देशहरूबीचको सूचना आदान–प्रदानको विषयलाई पनि उहाँले महत्त्वका साथ उठाउनु भयो। चीनले नेपाललाई बाढीका बारेमा बेलैमा जानकारी दियो कि दिएन र नेपालले भारतलाई यसबारे पूर्वजानकारी गरायो कि गराएन भन्ने विषय संवेदनशील रहेको उहाँले बताउनु भयो। सामाजिक सञ्जालमा हेरेकै भरमा मात्र आधिकारिक सूचना नहुने भएकाले औपचारिक रूपमै इन्फर्मेसन एक्सचेन्ज हुनुपर्ने उहाँको भनाइ छ।

 

उद्धार कार्यमा खटिने टोलीले पनि जमिनको अवस्था र पराकम्पनले पारेका चिराहरूलाई ध्यानमा राखेर सतर्कतापूर्वक काम गर्नुपर्ने उहाँले बताउनु भयो। उद्धार गर्ने क्रममा थप क्षति हुन नदिन विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नु भयो।संकटको यस घडीमा सत्ता पक्ष र प्रतिपक्ष भनेर विभाजित हुनुभन्दा वन टिम, वन नेसनका रूपमा सबै एकजुट भएर उद्धार, राहत र पुनस्र्थापनामा लाग्नुपर्ने उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा