आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।

गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा राहत कार्यका लागि बिदाइ तथा ब्रिफिङ गर्नुभएको छ । उहाँले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय र द्रुत परिचालनमा जोड दिनुभयो ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा र उद्धार रहेको स्पष्ट पार्नुभयो । रात पर्नुअगावै अधिकतम उद्धार कार्य सम्पन्न गर्न सबै हेलिकोप्टर परिचालन गरिएको र निजी प्रयोजनका उडानहरू रोकेर उद्धारमै केन्द्रित गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो प्राथमिकता उद्धार नै हो । हामीले सबै हेलिकोप्टर परिचालन गरिसकेका छौँ। अहिले निजी प्रयोजनका लागि कसैले पनि उडान गर्न पाउने छैनन्, सबै हेलिकोप्टर रेस्क्युमा मात्र केन्द्रित छन् किनकि रात परेपछि उद्धारमा थप कठिनाइ हुन्छ। उद्धारलगत्तै उहाँहरूको लागि राहत र बसोबासको व्यवस्थापन गरिनेछ।’

बाढीको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै उहाँले माथिल्लो भेगमा हिमताल (ग्लेसियर) फुटेर भीषण बाढी आएकाले बस्तीहरू बगाएको र क्षतिको पूर्ण आकलन गर्न अझै समय लाग्ने बताउनुभयो। ‘अझै पनि बाढीको सतह करिब ७ मिटरसम्म उच्च रहेको सूचना छ, त्यसैले हामीले सम्पूर्ण संयन्त्रलाई हाई अलर्टमा राखेर काम गरिरहेका छौँ,’ उहाँले थप्नुभयो ।

यसैबीच, गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूलाई उद्धार टोलीको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह गर्नुभएको छ।

उहाँले भन्नु भयो, ‘ज–जसलाई आपत्कालीन उद्धार आवश्यक छ, उहाँहरूले सुरक्षित स्थानमा आगो बालिदिनुभयो भने हेलिकोप्टर टोलीले लोकेसन पहिचान गर्न सहज हुन्छ। सम्भव भएसम्म हेलिप्याड बनाउन मिल्ने खुला स्थान नजिकै आगो बालेर सिग्नल दिन म सबै प्रभावितहरूलाई अनुरोध गर्दछु।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढी, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

काठमाडौं,१० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराउनु भयो । प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट

संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमान्डौ,१० भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिनुभएको छ । बुधबारको बैठकमा

भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्क विहीन

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल

दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न लामिछानेको आह्वान

काठमान्डौ,१० भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग

३०० भन्दा बढी गाडी बगायो, ५ कर्मचारी बेपत्ता

काठमाडौँ , १० भदौ । रसुवामा बाढीले रसुवा भन्सार कार्यालयमा रहेका गाडीसहित अन्य सामाग्री पनि बगाएको छ । अर्थमन्त्रालयका अनुसार अझै ५ जना कर्मचारी सम्पर्कविहीन

आगो बालेर धुवाँमार्फत सिग्नल दिन गृहमन्त्रीको आग्रह

काठमान्डौ,१० भदौ । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ । गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय