होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल १६४३ जना विद्यार्थी अध्ययनरत छन् ।

 

उहाँले विद्यालयको होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै विद्यार्थी सुरक्षित रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै सुरक्षित छन् । त्रिशूली बजार, विदुर, बट्टारतिरबाट आएका विद्यार्थी केही मिसिङ भएकी भन्ने आशङ्का छ ।’

दुई वटा बस सुरक्षित रूपमा गएको जानकारी पाएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘केही विद्यार्थी बाढी हेर्न गएकी भन्ने छन् । केही अभिभावकहरूले सम्पर्क गरेका छन् । तर वास्तविक विवरण प्राप्त नभएकाले यसै भन्ने अवस्था छैन ।’ विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको

सम्भव भएसम्मको सहायता उपलब्ध गराउन तयार छौ : मोदी

काठमान्डौ,१० ,भदौ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति भारतीय समकक्षी नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग टेलिफोन संवाद गर्नु भएको छ।

ग्यिरोङ नाकाको सडक, बिजुली र सञ्चार ठप्प

काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

काठमान्डौ,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । दूतावासले कठिन यस