रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना भन्सार कर्मचारी र ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक रहेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभा बैठकमा प्रहरी चौकीमा कार्यरत २६ प्रहरी र सशस्त्र प्रहरीतर्फ ९ जना सम्पर्कविहीन रहेको जानकारी दिए । नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोष्टमा गरी ४४ जना सम्पर्कविहीन रहेको उनले जनाए ।

अर्थ मन्त्रालयले रसुवागढी भन्सार, अध्यागन कार्यालयका केही कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ । रसुवागढी भन्सारमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको थियो । तीमध्ये प्रमुख भन्सार प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेको अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, चारजना करार र ज्यालादारी कर्मचारीमध्ये एकजना मात्र सम्पर्कमा रहेका छन् । ११ जना स्थायी र तीनजना करार तथा ज्यालादारी गरी कुल १४ जना कर्मचारीबारे खोजी कार्य जारी रहेको सचिवालयले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले बाढीका कारण स्वदेशी र विदेशी गरी कुल ३८४ जना पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना स्वदेशी रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, सम्पर्कविहीन भएका विदेशी पर्यटकमा १०५ जनाभन्दा बढी भारतीय रहेका छन् । बोर्डले विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गरेर हराइरहेका पर्यटकको विवरण निकालेको जनाएको छ ।

बुधबार बिहान करिब साढे ८ बजेतिर चीनको तिब्बतबाट अचानक बाढी नेपालको भोटेकोसी नदीमा प्रवेश गरेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा