रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी पंक्तिलाई आग्रह गरेको छ ।बुधबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा राहतमा जुट्न सरकारलाई आग्रह गरेको हो । बैठकका निर्णयबारे पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।

बैठकले रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट जनजीवन अस्तव्यस्त भएको तथा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । बेपत्ताको खोजी, जोखिममा रहेका नेपाली नागरिक तथा विदेशी पर्यटकको उद्धार र स्थानान्तरण तथा घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ ।कांग्रेसले विपद्को अवस्थामा सरकार, प्रतिपक्षी दल, संघसंस्था, निजी क्षेत्र र नागरिक समुदायको साझा कर्तव्य उद्धार र राहत भएको जनाएको छ । अन्य विषयलाई थाती राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रित गर्न सरकारलाई आग्रह गर्दै सरकारका प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ ।

पार्टीका सदस्यलाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न तथा आरोप–प्रत्यारोपमा नउत्री उद्धार, राहत र व्यवस्थापनको काममा केन्द्रित हुन पनि कांग्रेसले आग्रह गरेको छ ।बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत बाढी प्रभावित जिल्लाका पार्टी नेतृत्व, सदस्य, जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई स्थानीय विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएको छ । प्रभावित क्षेत्रभन्दा बाहिर रहेका पार्टीका सदस्यलाई पनि आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिएको छ ।

बाढीको विपद्का कारण कांग्रेसले भदौ ११ गतेका लागि तय गरेको महिला उद्यमशीलता सम्मेलन, ग्रिन टेबललगायत पूर्वनिर्धारित कार्यक्रम तथा पार्टी केन्द्रीय कार्यालयमा हुने विचार शृङ्खलाका छलफल एक साताका लागि स्थगित गरेको छ ।त्यस्तै, पार्टीका केन्द्रीय पदाधिकारी तथा प्रभावित भूगोलका सदस्यहरू अन्य कार्यक्रममा सहभागी नभई बाढीबाट उत्पन्न संकटमा उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित रहने निर्णय बैठकले गरेको छ ।कांग्रेसले रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति पनि गठन गरेको छ । केन्द्रीय सदस्य तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्य, प्रतिनिधिसभा सदस्य, बागमती प्रदेश कार्यसमितिका सदस्य, सम्बन्धित जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्य, कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, भ्रातृ संघ र शुभेच्छुक संस्थाका सभापति सदस्य रहनेछन् ।पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा समितिको सदस्यसचिव रहनेछन् । समितिअन्तर्गत कांग्रेस केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्कसमेत स्थापना गरिने भएको छ ।कांग्रेसले पार्टीको तर्फबाट हुने सम्पूर्ण सहयोग समितिको समन्वयमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, पार्टीको तर्फबाट राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा सन्धिखर्कका १६८ कर्मचारी, एक हप्ताको तलब दिने

अर्घाखाँची , १० भदौ। सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् ।भोटेकोशी(त्रिशूली नदीमा आएको अप्रत्याशित

बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क

रसुवा बाढीपछि कांग्रेस सक्रिय, विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं , भदौ १० । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्राथमिकतामा राख्न सरकार र पार्टी

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको