बाढी प्रभावितका लागि एनसेलको राहत स् तीन दिन निःशुल्क भ्वाइस र डेटा

काठमाडौं ,भदौ १० । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहेको १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइनेछ । बाढीका कारण परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्क गर्न कठिनाइ भइरहेको अवस्थामा निःशुल्क सञ्चार सेवाले प्रभावितलाई सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

आपत्कालीन अवस्थामा सञ्चार सेवा निरन्तर हुनु महत्वपूर्ण भएकाले प्रभावित क्षेत्रमा सेवा सहज बनाउन यस्तो व्यवस्था गरिएको एनसेलले जनाएको छ । यसबाट बाढी प्रभावित सर्वसाधारणले परिवार तथा उद्धारमा खटिएका टोलीसँग आवश्यक सूचना आदानप्रदान गर्न सक्ने कम्पनीको भनाइ छ ।एनसेलले विपद्का समयमा यसअघि पनि सञ्चार सेवा तथा अन्य सहयोगमार्फत खोज, उद्धार र राहतका कार्यमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार पछिल्लो पहल पनि बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चार सेवा सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई

झापामा करिब २४ लाख मूल्य बराबरका अवैध पटाका नष्ट

झापा,२१ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ

कोशी प्रदेशमा उदय परियोजनामार्फत युवालाई आठ अर्बको सहुलियतपूर्ण ऋण दिने तयारी

खाँदबारी । २१ कार्तिक |  कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरेको

सन्देशवाहकका रूपमा कागको पूजा गरी आज काग तिहार मनाइँदै

काठमाडौं,२१ कार्तीक । तिहारको पहिलो दिनका रूपमा आज शनिबार काग तिहार मनाइँदैछ।कात्तिक कृष्ण त्रयोदशीका अवसरमा बिहानैदेखि कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउन

झापामा मध्यरातमा आगलागी : चार खसीबोका मरे, अन्नपात नष्ट

झापा, २१ कात्तिक । झापा गाउँपालिका–६ का स्वास्थ्य शाखा कर्मचारी नकुल राजवंशीको गोठ तथा भण्डार घरमा मध्यरातमा भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ।गएराति भएको