चीनको प्रष्टोक्ती

‘चीनतर्फको पूर्वाधार वा बाँध फुटेका कारण बाढी आएको भन्दै फैलाइएका खबरहरू पूर्ण रूपमा असत्य’

“आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ”।

दमक, ११ भदौ ।  काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी र पहिरोबारे बाहिर आएका केही दाबी तथा खबर भ्रामक र असत्य भएको स्पष्ट पारेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनका कारण क्षति भएको भन्ने अफवाहको खण्डन गरेको हो।

 

चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको तथा चीनतर्फको पूर्वाधार वा बाँध फुटेका कारण बाढी आएको भन्दै फैलाइएका खबरहरू पूर्ण रूपमा असत्य (फेक न्युज) भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार गत अगस्ट २६ (भदौ १०) गते बिहान नेपालतर्फ गएको भूकम्प वा भूकम्पजस्तै हिमपहिरोका कारण ठूलो लेदो र पहिरो खसेको थियो। सोही विनाशकारी पहिरोका कारण ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रका दुवैतर्फ (नेपाल र चीन) ठूलो सङ्ख्यामा जनधनको क्षति हुनुका साथै नागरिकहरू सम्पर्कविहीन भएको दूतावासले जनाएको छ।

 

विपद्को यस्तो कठिन घडीमा आरोप–प्रत्यारोपले कसैलाई फाइदा नपुर्याउने भन्दै दूतावासले भनेको छ, “आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ”। दूतावासले दुवै देशका सीमावर्ती क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि आपसी समन्वय र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा