रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न गठन गरिएका टोलीमा आपत्कालीन सञ्चार पुनःस्थापना, विद्युत् पुनःस्थापना तथा ब्याकअप पावर, खोज तथा उद्धार, आपत्कालीन स्वास्थ्य तथा मेडिकल प्रतिकार्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता तथा दातृ समन्वय, यातायात तथा सडक सम्पर्क, शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन, बेपत्ता व्यक्ति तथा परिवार सहायता, राहत तथा खाद्य–पानी आपूर्ति र विमानस्थल समन्वय टोली रहेका छन् । साथै उद्धार गरिएका बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्न छुट्टै टोली परिचालन गरिएको छ ।

सञ्चार पुनःस्थापना टोलीले प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गराउने, विद्युत् टोलीले अवरुद्ध विद्युत् आपूर्ति पुनःस्थापना तथा वैकल्पिक विद्युत् व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धार सञ्चालन गर्ने र हेलिकोप्टर उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछ ।

त्यस्तै, स्वास्थ्य तथा मेडिकल टोलीले घाइतेको तत्काल उपचार, शव व्यवस्थापन टोलीले मृतकको पहिचान तथा व्यवस्थापन र राहत टोलीले प्रभावितलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति गर्ने जिम्मेवारी पाएको छ ।

यातायात तथा सडक सम्पर्क टोलीले अवरुद्ध सडक खुलाउने, तत्काल बेलिब्रिज व्यवस्थापन तथा नियमित यातायात सञ्चालनका लागि समन्वय गर्नेछ । शीघ्र क्षति तथा आवश्यकता मूल्यांकन टोलीले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी आवश्यकताका आधारमा प्रतिकार्य योजना बनाउन सहयोग गर्नेछ ।

सरकारले बेपत्ता व्यक्ति तथा परिवार सहायता टोलीमार्फत हराइरहेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्रता दिने तथा उद्धार गरिएका बेपत्ता र मृतकको नाम सार्वजनिक गर्ने व्यवस्था गरेको छ । विमानस्थल समन्वय टोलीले हेलिकोप्टर उद्धारका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा