एसियाली खेलकुद

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेल सहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गर्नु भएको छ। बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले देशको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा सहभागी हुन लागेका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गर्नु भएको छ ।उहाँले खेलाडीहरूबाट राज्यले ठूलो अपेक्षा राखेको भए पनि प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाब नलिन आग्रह गर्नु भएको छ ।

 

‘देशको झण्डाको प्रतिनिधित्व गर्दै खेल्न जानुभएको छ । त्यसका लागि सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नु भयो, ‘अहिले नतिजाको बारेमा नसोच्नुहोस्, आफ्नो तर्फबाट उत्कृष्ट खेल दिनुहोस् र त्यहाँबाट नयाँ अनुभव लिएर फर्कनुहोस् ।’मन्त्री पोखरेलले खेलाडीले प्रतियोगितामा हासिल गर्ने नतिजाका आधारमा राज्यको सम्मान र दृष्टिकोण परिवर्तन नहुने स्पष्ट पार्नु भयो। जित हासिल गर्दा मात्र स्वागत गर्ने र पराजित हुँदा बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।खेलाडीहरूले राज्यबाट ठूलो अपेक्षा नगरेको आफूले विभिन्न खेलाडीहरूसँगको अन्तरक्रियाबाट पाएको मन्त्री पोखरेलले बताउनु भयो । खेलाडीहरूले आफ्नो मेहनतको कदर र राज्यबाट सम्मानको अपेक्षा मात्र गर्ने गरेको उहाँको भनाइ थियो ।

 

खेलाडीको सम्मानका लागि सरकारले केही सुधारका काम अघि बढाएको उहाँले जानकारी दिनु भयो । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विमानस्थलमा ‘भीआईपी एक्सेस’ उपलब्ध गराउने व्यवस्था त्यसैको एउटा सुरुवात भएको उहाँले बताउनु भयो ।‘देशको प्रतिनिधित्व गर्दै जाने खेलाडीले पनि अन्य विशिष्ट व्यक्तिले जस्तै सम्मान पाउनुपर्छ । अहिलेसम्म खेलाडीहरू सामान्य यात्रुजस्तै लाइनमा बसेर आफ्नै सामान बोकेर जाने अवस्था थियो। त्यसलाई परिवर्तन गर्दै खेलाडीलाई भीआईपी प्रवेशको व्यवस्था गरेका हौँ,’ मन्त्री पोखरेलले भन्नु भयो ।उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्न आफूहरू विमानस्थलमै पुग्ने प्रयास गर्ने पनि बताउनु भयो ।

 

मन्त्री पोखरेलले कराते टोलीलाई देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै भन्नु भयो, ‘देशको प्रतिनिधित्व गर्नुस्, आफ्नो उत्कृष्ट प्रदर्शन दिनुस् । नतिजा जे भए पनि तपाईंहरूप्रतिको हाम्रो सम्मान उस्तै रहनेछ । गो, गिभ योर बेस्ट । बेस्ट विशेज टु अल अफ यू ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा