दमकमा श्रीकृष्ण जन्माष्टमीको भव्य रौनक

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति र विशेष चहलपहल देखिएको छ। व्रत बसेर पूजाआराधना गर्ने तथा भजन–कीर्तनमा रमाउनेहरूको उत्साहले नगर क्षेत्र भक्तिमय बनेको छ।स्थानीय राधा–कृष्ण मन्दिरमा पूजाआराधना गर्न आउनुभएकी भक्तजन गोमा भट्टराईले श्रीकृष्णलाई आफ्नो गुरु मान्दै आएको बताउनुभयो। श्रीकृष्णप्रतिको आफ्नो अगाध आस्था व्यक्त गर्दै उहाँले भन्नुभयो, धर्मले जोड्न सिकाउँछ, फुटाउन होइन; त्यसैले धर्मका नाममा कसैले पनि झैझगडा गर्नु हुँदैन।

 

त्यसैगरी, पूजाका लागि मन्दिर आँउनु भएकी अर्की श्रद्धालु सीतादेवी ढुङ्गानाले सम्पूर्ण सृष्टि नै श्रीकृष्णको लीला रहेको बताउनुभयो। भगवान् सबैका लागि एउटै हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, धर्मको नाममा जतिसुकै विवाद भए पनि ईश्वर एकै हुन्। कठिन परिस्थितिमा भगवान्नले सधैँ आफ्ना भक्तहरूको रक्षा र सहायता गर्नुहुन्छ।

 

मन्दिर परिसरमा भेटिनुभएका अन्य भक्तजनहरूले भने व्यक्तिगत सुख–शान्तिका साथै देशको समृद्धिका लागि प्रार्थना गरेका छन्। देशमा आइपर्ने विभिन्न विपत्तिको घडीमा सबै नागरिक सुरक्षित रहुन् तथा समाजमा शान्ति कायम होस् भन्दै श्रीकृष्णसँग प्रार्थना गरिएको उनीहरूको भनाइ छ।दमकका मन्दिरहरूमा दिनभरि नै पूजाआराधना, भजन–कीर्तन र रथयात्रा जस्ता धार्मिक अनुष्ठानहरू सञ्चालन भइरहेका छन्। आस्था, सद्भाव र भ्रातृत्वको सन्देश दिँदै आजको दिनलाई नगरवासीले उत्सवका रूपमा मनाइरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर