बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाउनुभएको थियो ।साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको स्पष्ट पार्दै उनले यो दुःखको घडीमा सबैलाई संयमित रहन र पीडितहरूसँग ऐक्यवद्धता जनाउन अपिल गर्नुभएको थियो ।

यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको विशेष उपस्थितिमा बाढीका मृतकहरूको स्मरणमा एक श्रद्धाञ्जली सभासमेत सम्पन्न भइसकेको छ। सोही ऐक्यवद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै मन्त्री सतपालजी महाराज शुक्रबार दिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नुभएको थियो ।उहाले दूतावासका कार्यवाहक राजदूत डा.सुरेन्द्र थापालाई भेट गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैविप्रकोप उद्धार कोष’मा जम्मा हुनेगरी १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। विपद्को यस कठिन घडीमा प्राप्त भएको यस मानवीय सहयोगप्रति नेपाल पक्षले आभार प्रकट गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अरबी हत्या प्रकरण : साढे दुई वर्षसम्म प्रहरीले किन लिएन जाहेरी?

काठमाडौं , भदौ २०। बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीमा पत्रकार

शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरण हुन सकेन, संस्थागत स्मृतिको अभाव : सुवेदी

काठमाडौं , भदौ २०। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताउनुभएको छ ।सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक

कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको