बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाउनुभएको थियो ।साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको स्पष्ट पार्दै उनले यो दुःखको घडीमा सबैलाई संयमित रहन र पीडितहरूसँग ऐक्यवद्धता जनाउन अपिल गर्नुभएको थियो ।

यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको विशेष उपस्थितिमा बाढीका मृतकहरूको स्मरणमा एक श्रद्धाञ्जली सभासमेत सम्पन्न भइसकेको छ। सोही ऐक्यवद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै मन्त्री सतपालजी महाराज शुक्रबार दिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नुभएको थियो ।उहाले दूतावासका कार्यवाहक राजदूत डा.सुरेन्द्र थापालाई भेट गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैविप्रकोप उद्धार कोष’मा जम्मा हुनेगरी १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। विपद्को यस कठिन घडीमा प्राप्त भएको यस मानवीय सहयोगप्रति नेपाल पक्षले आभार प्रकट गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क