भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा र मेडिकल जाँच उत्तीर्ण गरेका उनी वेटिङ लिस्टमा थिए । घरमा क्यान्सरबाट बिरामी आमाको उपचार गर्ने दायित्व उनीमाथि पनि थियो । भिसाको टुङ्गो नभएपछि उनी मामा सोमनाथ कट्टेलसँग मानसरोवर यात्रामा निस्किए ।सोमनाथ मानसरोवर यात्रा गराउने ‘सम्राट टुर एन्ड ट्राभल्स’का म्यानेजर हुन् । मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए ।तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि भने दुवै मामा-भाञ्जा बेपत्ता छन् ।

अनोजका काका राजन घिमिरेका अनुसार भौतिक शरीर नभेटिए पनि परिवारले जिउँदो भेट्ने आश मारिसकेको छ । शुक्रबार कुशको शव बनाएर अनोजको अन्त्येष्टि गरिएको छ । सोधीखोजी गर्दा अनोज सकुशल छन् भन्ने आशा बाँकी नरहेको काका राजनले बताए । ‘मामा–भाञ्जा सवार गाडीबाट कोही निस्कन पाएनन् रे ! बाढीमा परेको गाडीसमेत भेटिएको छैन,’ उनले भने, ‘पर्खँदा परिवारलाई धेरै पीडा भयो, फर्कने आश मरेपछि कुशको शव बनाएर आज अन्त्येष्टि गर्‍यौं ।’लक्ष्मीमार्गस्थित केसलिया घाटमा हिन्दू परम्पराअनुसार अनोजको अन्तिम संस्कार गरिएको छ । अनोजका मामा सोमनाथको पनि तीन दिनअघि मात्रै विराटनगरमा कुशकै शव बनाएर अन्त्येष्टि गरिएको थियो ।

मामा–भञ्जा बेपत्ता भएका कारण परिवार नै शोकमा रहेको अनोजका काका राजन बताउँछन् । उनका अनुसार अनोजका लागि कैलाश–मानसरोवरको यात्रा गाइडको जागिर मात्रै थिएन्, क्यान्सर रोगसँग लडिरहेकी आमा नैनकलाको उपचार खर्च जुटाउने दरिलो विकल्प थियो । ‘२२ दिनको यात्राबाट राम्रै आम्दानी हुन्छ होला भन्थ्यो । त्यसले आमाको उपचार खर्च पनि ठिकठाक जुट्छ भन्थ्यो । अहिले आफै रहेन,’ राजनले भने । अनोजका दाजु निजी स्कुलमा पढाउँछन् । त्यसले आमाको उपचारका लागि पर्याप्त रकम जुट्न कठिन हुन्छ । अनोजको यो अवस्थापछि परिवारमा अब बिरामी आमाको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । भदौ १० गतेको सोही विपद्मा परेर कोशी प्रदेशका १६० जना बेपत्ता छन् । मोरङबाट अनोज र उनका मामा सोमनाथसँगै १८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।