मानव बेचबिखन रोक्न सबै पक्षको ऐक्यबद्धता आवश्यक छ : मन्त्री बादी

काठमाडौं ,२० भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसार मुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आम नागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गर्नु भएको छ।

 

यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता र मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदै छ । मन्त्री बादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीहरू समेत परिवर्तन भइरहेकाले प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, जनचेतना अभिवृद्धि र अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको छ ।मन्त्री बादीले तिनै तहका सरकारको स्पष्ट भूमिका र जिम्मेवारीसहितको कार्यान्वयन योजनासहित मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ कार्यान्वयनमा ल्याइएको जानकारी दिनु भएको छ। साथै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न विधेयक संसदमा विचाराधीन रहेको र अन्य आवश्यक कानुनी सुधारका प्रक्रिया पनि अघि बढिरहेको उहाँले बताउनु भयो ।

 

प्राकृतिक विपद्का समयमा विस्थापन, असुरक्षा, गरिबी तथा रोजगारीको अभावका कारण महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समुदाय मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा पर्न सक्ने भएकाले यसतर्फ थप संवेदनशील र प्रभावकारी रूपमा क्रियाशील हुनुपर्नेमा मन्त्री बादीले जोड दिइनु भयो।हाल भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नु भयो । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्नु भयो ।

 

मन्त्री बादीले मानव बेचबिखन तथा ओसारपसारलाई मानव अधिकार, स्वतन्त्रता र व्यक्तिको मर्यादा माथिको गम्भीर आक्रमणका रूपमा उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रण, पीडित तथा प्रभावितको उद्धार, संरक्षण, पुनस्थापना, न्यायमा पहुँच तथा आर्थिक सशक्तीकरणका लागि सरकारले कानुनी, नीतिगत तथा संस्थागत सुधारलाई निरन्तर अघि बढाइरहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका

विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

काठमाडौं ,९ असोज। जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

काठमाडौँ ,९ असोज। असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र