नुवाकोटमा चमत्कार

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठ रहनु भएको छ ।यो चमत्कारिक घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई अचम्मित र खुसी तुल्याएको छ। बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिनु भएकी उहाँलाई शनिबार प्रहरीले उद्धार गरेको हो।

नुवाकोटका प्रहरी उपरीक्षक एसपी विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो।११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवितै रहन सफल ती महिलालाई तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ। भदौ १० को भीषण बाढीका कारण सो क्षेत्रमा ठुलो क्षति पुगेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर