दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

दमक, २३ भदौ । स्नेहा लिम्बू र सोहन सेडाईँ ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ को विजेता बनेका छन् ।

किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिको आयोजनामा झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा आइतबार सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा सिनियरतर्फ प्रिन्सेसमा स्नेहा लिम्बू र प्रिन्सतर्फ सोहन सेडाईँ विजेता बनेका हुन् ।

 

सिनियर प्रिन्सेसतर्फ प्रदेश विजेता रोशनी चौधरी र झापा विजेता इच्छा राई भएका छन् । प्रिन्सतर्फ प्रदेश विजेताको ताज रवि टुडुले जितेका छन् ।

जुनियर प्रिन्सेसतर्फ नुनिवा चेम्जोङ विजेता बनेकी छन् । प्रदेश विजेता दिप्मा लिम्बू, झापा विजेता नुरिन योङ्हाङ र दमक विजेता आशिका राई भएका छन् । जुनियर प्रिन्सतर्फ ग्रीस राई विजेता भएका छन् ।

 

प्रतियोगितामा मल्टिमिडिया अवार्डतर्फ सिनियरमा प्रतिमा रोका र इच्छा राई तथा जुनियरतर्फ दिप्मा लिम्बू र यूनिस थापा मगर विजेता बनेका छन् ।

किङ्स नेपालका संस्थापक कृष्ण शाहका अनुसार प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

 

दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर