बाढीपीडितलाई वर्ल्डलिंकको १ करोड १ लाख राहत

‘उद्धारमा साथ राहतमा हात, पुनःस्थापनामा सहकार्य’

पथरी, २४ भदौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडबाट बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी केशव नेपाल र जनसम्पर्क व्यवस्थापक विजय शिवाकोटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

जनसम्पर्क व्यवस्थापक सिवाकोटीलाई उद्धृत गर्दै वर्ल्डलिंकका  कोशी क्षेत्रीय जनसम्पर्क प्रबन्धक राजन तिम्सिना  भन्नुहुन्छ ,“विपद्को यस्तो कठिन घडीमा वर्ल्डलिंकबाट गरिएको यो यसपटकको आर्थिक सहयोगसँगै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हामीले विभिन्न माध्यमबाट निरन्तर सहयोग गर्दै आएका छौँ र आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिनेछौँ । देश र समाजलाई अप्ठ्यारो पर्दा साथ दिनु हाम्रो सामाजिक उत्तरदायित्व मात्र होइन, मानवीय कर्तव्य पनि हो।”

उहाँले यो सहयोग केवल आर्थिक योगदान मात्र नभइ विपदमा परेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनी प्रतिको साथ, सहानुभूति र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता रहेको वताउनु भयो । संस्थाले ‘उद्धारमा साथ,राहतमा हात, पुनःस्थापनामा सहकार्य’ को स्लोगन अघि सारेको छ । ‘किनकि विपद्को घडीमा हामी एक्ला छैनौँ—हामी सँगै छौँ’ भनिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति

युवाहरूले गोली र लाठी खानुको कारण के थियो ? : सांसद यादव

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको

जेन–जी आन्दोलनको हिंसा र तोडफोडको निष्पक्ष छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं ,२४ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित