भोटेकोशी बाढी

मृतक संख्या १,४०३ पुग्यो, ४ हजार बढी बेपत्ता

काठमाडौं ,३१ भदौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला परेको हो ।

 

साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३५ वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

 

साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ ।यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा