वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

 

दमक, ५ असोज । ६ सय ३३ हेक्टर क्षेत्रफलमा फैलिएको दमकस्थित हाँसे दुम्से सामुदायिक वनमा नयाँ नेतृत्व आएको छ। गत भदौ २१ गते सम्पन्न निर्वाचनले योगराज दंगालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। निर्वाचन भएको १६ दिनपछि सोमबार नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ।

यो वनको नयाँ कार्यसमितिसामु सबैभन्दा ठूलो चुनौती वनमा भइरहेको अवैध रूख कटान र वन अतिक्रमण रोक्नु रहेको छ। वन अतिक्रमण गरी बनाइएका घरटहरा तथा सार्वजनिक पाटीपौवा हटाउने विषय पनि चुनौतीका रूपमा रहेको छ।

कसैले धार्मिक संस्था बनाउन होस् वा वनको किनारमा जग्गा प्रयोग गर्न, खेलमैदान र मलामी घर बनाउनसमेत वनकै जमिन प्रयोग गर्ने गरिएको छ। नयाँ बस्ती बसाउनेदेखि भूमिहीनलाई व्यवस्थापन गर्ने नाममा समेत वनको जमिन प्रयोग हुँदै आएको छ।

 

वनको जमिन अतिक्रमणको चपेटामा परेको मात्रै होइन, विभिन्न व्यक्तिले व्यक्तिगत आयआर्जनका लागि समेत वनकै जमिनमा खेती गर्दै आएका छन्। साँध–सिमाना जोडिएका केही व्यक्तिले त आफ्नो जग्गामा पार्नसमेत अनेक प्रयास गर्ने गरेको बताइएको छ।

 

त्यति मात्रै होइन, कसैलाई घर बनाउनुपरे रातको समयमा वनभित्र प्रवेश गरी लुकीछिपी रूख फँडानी गरेर लैजाने गरिएको छ। यसरी अवैध रूपमा फँडानी गरिएका रूख दमकका फर्निचर सेन्टरमा मात्रै पुग्ने गरेका छैनन्, इलाम, मोरङलगायतका क्षेत्रमा समेत पुग्ने गरेका छन्।

 

यसकारण वन संरक्षणका लागि उच्च निगरानी आवश्यक देखिएको छ। यस्तो अवस्थामा वनको संरक्षणको जिम्मेवारी कार्यसमितिले मात्रै पूरा गर्न सक्छ वा यसका लागि विशेष संयन्त्र आवश्यक पर्छ भन्ने प्रश्न नयाँ निर्वाचित अध्यक्ष दंगालसमक्ष राखिएको थियो।

 

उहाँले वन संरक्षण आफ्नो र कार्यसमितिको प्रयासले मात्रै सम्भव नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “वनको सुरक्षा म र मेरो समितिको प्रयासले मात्रै हुँदैन। सबै उपभोक्ताले ‘यो मेरो वन हो, यसको संरक्षण गर्नु मेरो कर्तव्य हो’ भन्ने भावनाको विकास नगरेसम्म केही हुन सक्दैन।”

 

वन संरक्षणका लागि टोल–टोललाई सक्रिय बनाउने, कामको जिम्मेवारी दिने र आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो। प्रहरी, प्रशासन र जनप्रतिनिधिसहित सबैको सहयोग आवश्यक पर्ने भएकाले हरेक समितिमा उनीहरूलाई समेत समेटेर अघि बढ्ने उहाँको भनाइ छ।

 

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

 

यसैबीच, आगामी शुक्रबार बिहान वन क्षेत्रमा लगाइएको फलफूल खेतीको क्षेत्रमा बृहत् सरसफाइ अभियानसमेत सञ्चालन गरिने भएको छ। अभियानमा सहभागी हुन उहाँले सबै नगरवासीलाई अनुरोध गर्नुभएको छ।

उहाँसग गरिएको भिडियो संवादको लिंक यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने