मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ घरघरमा पु¥याउने भएको छ ।दशैँमा जमरा राख्न चाहने उपभोक्ताले मकै, जौ र गहुँ छुट्टाछुट्टै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले उद्योगले तीनै प्रकारका बीउलाई आवश्यक मात्रामा मिश्रण गरी प्याकेजिङ गरेर बिक्री गर्न लागेको हो । उद्योगले यस वर्ष २००, ४०० र ५०० ग्रामका प्याकेजमा जमराका लागि मिश्रित बीउ उपलब्ध गराउने जनाएको छ ।दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नकी सञ्चालिका बबिता तिम्सिनाले घरमा आफूअनुकूल समयमा जमरा उमार्न सकिने गरी बीउ तयार गरिएको बताउनुभयो । उहाँका अनुसार दशैँमा जमरा राख्ने परम्परालाई सहज बनाउँदै आवश्यक सामग्री एउटै प्याकेटमा उपलब्ध गराउने उद्देश्यले यस्तो तयारी गरिएको हो ।

“मकै, जौ र गहुँ खोज्दै विभिन्न ठाउँमा धाउनुपर्ने अवस्थाको अन्त्य गरी आवश्यक बीउ एउटै ठाउँमा उपलब्ध गराउन खोजेका हौँ,” तिम्सिनाले भन्नुभयो ।उद्योगले बुधबारदेखि जमराका लागि अग्रिम अर्डर लिनसमेत सुरु गरेको जनाएको छ । अग्रिम मागअनुसार उत्पादन तथा प्याकेजिङ गरी उपभोक्तासम्म पु¥याउने तयारी गरिएको उद्योगले जनाएको छ ।कमल–६ मा रहेको दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नले विभिन्न पूजा सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले स्थानीय उत्पादन तथा स्वदेशी सामग्रीलाई प्राथमिकता दिँदै पूजा संस्कृतिसँग जोडिएका सामग्रीको उत्पादनमा जोड दिएको जनाएको छ ।

यसैबीच उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेलले दिब्यदृष्टिको नाम र उत्पादनसँग मिल्दोजुल्दो सामग्री बजारमा आउन सक्ने भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गर्नुभएको छ ।उहाँका अनुसार दिब्यदृष्टिका उत्पादनजस्तै देखिने गरी बजारमा नक्कली उत्पादनसमेत आउन थालेको जानकारी प्राप्त भएकाले उपभोक्ताले उत्पादनको प्याकेजिङ, नाम र आधिकारिकता हेरेर मात्र खरिद गर्नुपर्ने अवस्था रहेको छ ।“दिब्यदृष्टिको नाममा झुक्याउने गरी उस्तै देखिने उत्पादन बजारमा आउन सक्ने भएकाले उपभोक्तालाई सचेत रहन आग्रह गर्दछौँ,” पोखरेलले भन्नुभयो ।दशैँ नजिकिँदै जाँदा जमरा राख्ने तयारी गर्ने परिवारको संख्या बढ्ने भएकाले यस वर्ष स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै सहज रूपमा जमराको बीउ उपलब्ध गराउने उद्योगको तयारी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब