सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् ।

कैयौँ परिवार आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन्। स्थानीय बासिन्दामा अझै पनि चिन्ता कायमै रहेको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रबार ग्याल्सिङ जिल्लाको रिम्बी क्षेत्रमा गएको भीषण पहिरोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कठिन परिस्थितिमा सरकार जनताको साथमा दृढतापूर्वक उभिएको आश्वासन दिएका छन्।

मुख्यमन्त्री तामाङले जनताको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउँदै प्रशासनले अवस्थाको नजिकबाट निगरानी गरिरहेको जानकारी दिएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘गतरात ग्याल्सिङ जिल्लाको रिम्बीमा गएको भीषण पहिरोका कारण उत्पन्न परिस्थितिप्रति म अत्यन्त दुःखी र चिन्तित छु। अवस्था गम्भीर रहेको छ र जनताको सुरक्षा तथा कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो। यस कठिन समयमा रिम्बीका जनताको साथमा सरकार दृढतापूर्वक उभिएको छ।’

उनले सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर निगरानी गर्न तथा सर्वसाधारणको सुरक्षा र संरक्षण सुनिश्चित गर्न सम्भव सबै उपाय अपनाउन आवश्यक निर्देशन दिइएको पनि बताए।

यसैबीच, रिम्बी क्षेत्रको माथिल्लो भेगबाट ठूलो मात्रामा हिलो, ढुंगा तथा अन्य मलबा तलतिर खस्दा पहिरो गएको हो।

जमिन अचानक खस्दा तथा माटो र मलबे बगेर आउँदा घरहरूमा क्षति पुगेको छ र प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ।

पहिरो प्रभावित ढलान नजिक बसोबास गर्ने स्थानीय बासिन्दाहरू थप पहिरो जान सक्ने र थप क्षति हुन सक्ने डरले सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्। पहिरोबाट सडक तथा स्थानीय आवागमन र यातायातमा समेत समस्या उत्पन्न भएको छ।

रिम्बीका स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायसँग तत्काल राहत, क्षतिग्रस्त घरहरूको मूल्याङ्कन तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाउन आग्रह गरेका छन्।

थप पहिरो तथा माटो–मलबे बग्ने जोखिम कायमै रहेकाले प्रभावित परिवारहरूको सुरक्षा सुनिश्चित गर्न रिम्बीमा तत्काल ध्यान तथा समन्वयात्मक राहत प्रयास आवश्यक रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।९सीसीटीभीप्लस०

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।