एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै ग्राहकहरुले एजेन्टहरुलाई आफ्नो लगानी फिर्ता गर्न दबाब दिन थालेका हुन् । इलाममा एजेन्टका रुपमा काम गरेका प्रकाश तामाङले ग्राहकहरुले ग्राहकहरुबाट दबाब आउन थालेको बताए । उनले घटना बाहिर आएपछि ग्राहकहरुले आफ्नो लगानी फिर्ताको माग गर्दै दबाब दिन स्वभाविक भएको बताएका छन् । उनी राजन चाम्लिङ मार्फत जोडिएका हुन् । उनले ग्राहकहरुबाट उठाएको पैसा कम्पनीमा बुझाएकोले कम्पनी नै मुख्य जिम्मेवार हुने बताउँछन् । मसँग मैले बनाएका ग्राहकहरु नियमित सम्पर्कमा हुनुहुन्छ, उनले भने – म पनि कम्पनीसँग सम्पर्कमा छु । कम्पनीले ग्राहकहरुको लगानी सुरक्षित गर्नुपर्ने उनको धारणा छ । जे सम्झौता गरेर ग्राहक बनाइएको थियो, त्यसै अनुसार लक्की ड्र सञ्चालन गरेको थियो भने समस्या हुने थिएन, उनी थप्छन् – फेरि पनि कम्पनीले सम्झौता अनुसार उपहार वितरण गरेर समस्याको समाधान गर्नुपर्छ । घरघरमा शुद्ध पानी खुवाउने अभियान अन्तर्गत एनकेले किस्तावन्दीमा प्यूरिफायर दिने भएपछि आफू पनि जोडिएको उनको भनाई छ । २७ महिनासम्म सिस्टममै लक्की ड्र सञ्चालन गरेर उपहार वितरण गरेपनि अन्तिममा समस्या आएको तामाङले बताए ।

अर्का, एजेन्ट किशोर तामाङले १२१ जनालाई ग्राहक बनाएका छन् । ग्राहक बनाए वापत कम्पनीले मासिक १ सदस्य बराबर २५० रुपैयाँ दिने गरेको थियो । अहिले कम्पनीमाथि धाँदलीको आरोप लागेपछि ग्राहकहरुले नियमित रुपमा चासो व्यक्त गरिरहेको जानकारी दिए । हामीले कम्पनीलाई पैसा बुझाएका छौं, केहि समस्या भएमा कम्पनीले सबै ग्राहकको पैसा फिर्ता गर्नुपर्ने उनको धारणा छ । तामाङले भने, कम्पनीको नियम अनुसार लक्की ड्र सञ्चालन गर्नुपर्ने थियो । सायद कम्पनीले पनि गलत नियत राखेको थिएन । तर, समस्याका रुपमा बाहिर आएको छ ।गाउँगाउँमा ग्राहकबाट लगानी सुरक्षाका लागि दबाब बढिरहेको बेला उनले तत्काल निचोड निकाल्न कम्पनीलाई आग्रह समेत गरेका छन् । तत्कालै समाधानका लागि आग्रह गर्छु, उनी भन्छन् – कम्पनीको वास्तविकता के हो ? सत्यतथ्य बाहिर ल्याएर ग्राहकको लगानी सुरक्षा हुनुपर्छ ।उनले २८ महिनासम्म सरकारी निकायबाट कम्पनीबारे किन केहि सोधीखोजी नभएको भन्दै प्रश्न गरेका छन् । पक्कै गलत नभएर नै अहिलेसम्म सञ्चालन भएको होला । जेहोस्, वास्तविकता छिट्टै बाहिर आओस् ।

कम्पनीले हरेक महिना लक्की ड्र सञ्चालन गरेर उपहार वितरण गर्दै आएको थियो । हरेक ग्राहकलाई १ थान प्यूरिफायर दिने कम्पनीको नियममा उल्लेख छ । २४ औं स्किमको सेकेण्ड स्टेजमा प्यूरिफायर वितरण नगरी अघि बढेपछि ग्राहकहरुले आपत्ति जनाएका थिए । प्यूरिफायर वितरण नगरी कम्पनी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका हुन् । उनीहरुले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको दावी गर्दै आएका छन् । ‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका हुन् ।एनकेको उपहार योजना कार्यक्रममा १ जना ग्राहकले १ किस्तामा १३५५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । १ जना ग्राहकले २८ किस्तामा ३७ हजार ९४० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा