कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न प्रहरीले प्रदेशका ७ वटा पहाडी जिल्लामा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका विभिन्न सडक खण्डहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ। पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलामा पानीको बहाव बढेपछि तमोर करिडोर र फालेलुङ–२ बरडाँडामा पहिरो जाँदा मेमेङ–जोरपोखरी सडक ठप्प भएको छ। यस्तै पाँचथरकै याङवरक–२ दोभानेमा झरेको पहिरोले मध्यपहाडी लोकमार्ग तथा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ साल्मेमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। इलामको माईजोगमाईस्थित जोगमाई खोला र सूर्योदय नगरपालिकास्थित मयुम खोलामा पानीको सतह बढेपछि भित्री सडकहरू बन्द भएका छन् भने इलाम–९ मा पहिरो जाँदा इलाम–बिर्तामोड सडक प्रभावित भएको छ। यसैगरी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका दोभान र मिरिङदिङमा पहिरो झर्दा तथा तेह्रथुमको लालीगुँरासमा सडकमा हिलो र लेदो जम्दा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्।

वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम उच्च रहेकाले प्रहरीले प्रदेशका विभिन्न लोकमार्ग तथा भित्री सडकहरूमा निश्चित समयका लागि सवारी सञ्चालन बन्द गरेको छ। जसअनुसार इलाम, पाँचथर र ताप्लेजुङमा मेची लोकमार्ग तथा भित्री सडकहरूमा असोज ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। यस्तै धनकुटामा कोशी लोकमार्ग भएर चल्ने सवारीमा असोज ११ सम्म बेलुकी ७ देखि बिहान ५ बजेसम्म, तेह्रथुममा असोज १० सम्म बेलुकी ६ः३० देखि बिहान ५ बजेसम्म र सङ्खुवासभामा असोज ११ सम्म बेलुकी ६ देखि बिहान ६ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ। यसैगरी भोजपुरमा मध्यपहाडी लोकमार्गमा असोज ८ गतेदेखि निरन्तर बेलुकी ७ देखि बिहान ५ बजेसम्म, सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गमा बेलुकी ६ देखि बिहान ६ बजेसम्म र उदयपुरमा असोज १२ सम्म बेलुकी ५ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।प्रहरीले बाढी र पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक रातको समयमा यात्रा नगर्न तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न सर्वसाधारणलाई अनुरोध गरेको छ। कुनै समस्या परेमा वा जानकारी लिनुपरेमा नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ तथा प्रदेश प्रहरीको फोन नम्बर ०२१–४३७००१ वा ९८५२०९०९९९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा