चिकित्सकले सिफारिस गरेको औषधि निश्चित कम्पनीकै हुनुपर्ने बाध्यता किन ? : मेयर थापा(भिडियो रिपोर्ट)

“हामी बिरामी हुँदा औषधि लेखिदिने डाक्टर पनि यही हुनुहुन्छ, औषधि दिने फार्मेसिस्ट पनि यही हुनुहुन्छ। डाक्टरले औषधिको नाम लेखेर दिँदा किन त्यही कम्पनीकै औषधि खानुपर्छ भनेर बिरामीलाई भनिन्छ ?”

दमक, ११ असोज । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले चिकित्सकले सिफारिस गरेको औषधि निश्चित कम्पनीकै हुनुपर्ने बाध्यता किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाउनुभएको छ।

विश्व फार्मेसी दिवसको अवसरमा शनिबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर थापाले बिरामीलाई चिकित्सकले औषधिको नाम लेखिदिए पनि फार्मेसीमा पुग्दा सोही औषधि निश्चित कम्पनीकै हुनुपर्ने अवस्था देखिने गरेको बताउनुभयो।

दमक अस्पतालले पूर्वी नेपालमै पहिलोपटक आयोजना गरेको औषधि तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भेला तथा अन्तर्क्रिया कार्यक्रममा चिकित्सक, फार्मेसी व्यवसायी, औषधि व्यवस्था विभागका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर थापाले भन्नुभयो,
“हामी बिरामी हुँदा औषधि लेखिदिने डाक्टर पनि यही हुनुहुन्छ, औषधि दिने फार्मेसिस्ट पनि यही हुनुहुन्छ। डाक्टरले औषधिको नाम लेखेर दिँदा किन त्यही कम्पनीकै औषधि खानुपर्छ भनेर बिरामीलाई भनिन्छ ?”

उहाँले एउटै रोगका लागि फरक कम्पनीले उत्पादन गरेका औषधिको मूल्यमा ठूलो अन्तर हुने गरेको विषयसमेत उठाउनुभयो। बिरामीले सस्तो औषधि खोज्दै अर्को फार्मेसीमा पुग्दा चिकित्सकले सिफारिस गरेको कम्पनीको औषधि नभेटिने अवस्था आउन सक्ने भन्दै उहाँले यसले बिरामीलाई अन्योलमा पार्ने बताउनुभयो।

“रोग निको पार्ने औषधि सस्तो होस् वा महँगो, औषधिको गुणस्तरमा फरक नपर्ने हो भने मूल्यकै आधारमा किन गुणस्तर फरक हुन्छ भन्ने प्रश्न उठ्छ,” उहाँले भन्नुभयो, “बिरामीसँग पैसा छैन, पुग्दैन भने उसले त्यो औषधि नखाने ?”

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमकमा स्वास्थ्य संस्था र औषधि पसलको संख्या बढिरहेको भन्दै स्वास्थ्य सेवाको क्षेत्रलाई थप मर्यादित र व्यवस्थित बनाउन चिकित्सक, फार्मेसी व्यवसायी तथा अन्य स्वास्थ्यकर्मीले जिम्मेवार भएर सेवा दिनुपर्ने बताउनुभयो।

उहाँले दमक पछिल्लो समय स्वास्थ्य संस्थाको हब बन्ने दिशामा अघि बढिरहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका गतिविधिलाई थप व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयका कार्यवाहक कार्यालय प्रमुख सञ्चिता बर्माले औषधि पसलले दर्ता भएका औषधि मात्र बिक्री गरी मर्यादित व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले औषधिको माग बढ्दै गएमा सम्बन्धित विधि र प्रक्रियाअनुसार नयाँ औषधि सूचीकृत गर्न सकिने बताउनुभयो।

नेशनल हेल्थ केयर, किप्ला र क्युओएसटी कम्पनीको प्रायोजनमा दमक अस्पतालले आयोजना गरेको कार्यक्रममा उद्घाटन सत्रपछि क्लिनिकल फार्मेसी तथा स्वास्थ्य विज्ञबीच छलफल र अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा फार्मेसी व्यवसाय, औषधिको प्रयोग तथा बिरामीको हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी