नारायणीको बहाव १३ मिटरसम्म पुग्ने अनुमान, चितवन र नवलपरासीमा डुबानको उच्च जोखिम

काठमाडौं , असोज ११। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा बाढीको जोखिम उच्च रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ ।शुक्रबार बिहान ७ः४५ बजे जारी बुलेटिनअनुसार नारायणी नदीको जलसतह खतराको तह ९.० मिटर पार गर्दै करिब ११.० मिटर पुगेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले आज बिहान करिब ११ बजे १३.० मिटर पुग्न सक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । साथै, आज साँझसम्म पनि नदीको बहाव खतराको तहभन्दा माथि रहने सम्भावना रहेको उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार कालीगण्डकी नदीको बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ । सेती, मादी, मस्र्याङ्दी, दरौंदी र चेपे नदीमा बहाव सतर्कताको तह नाघेर बढिरहेको छ भने बुढीगण्डकी र त्रिशूली नदीको बहाव पनि सतर्कताको तह नजिक पुगेर बढ्दो क्रममा छ ।उच्च बहावका कारण चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान प्रभावित क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध भएका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, चितवन र नवलपरासीका डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान वा आवश्यक परे स्थानान्तरण हुन अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०