काठमाडौं , ११ असोज। प्रतिकूल मौसमका कारण केही उडानहरु प्रभावित भएका छन् र पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेका हुन् ।यता पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ्दो क्रममा रहेको छ । पर्याप्त भिजिबिलिटी भए उडान सुरु गर्ने तयारी गरिएको छ ।खराब मौसमकै कारण आज हुने भनिएको माउन्टेन फ्लाइटहरुसमेत सञ्चालन हुन सकेका छैनन् । मौसममा सुधार आएपछि उडान सञ्चालन गर्न सकिने विमानस्थलहरूले जनाएका छन्।

नमुना विद्यालय बनेको पथरीको पञ्चायतलाई ६ करोड
१२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने









