पहिरोले कर्णालीका आधा दर्जन जिल्लामा सडक अवरुद्ध, खुलाउने प्रयास जारी

सुर्खेत , असोज ११। लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खस्दा कालिकोट, सल्यान, हुम्ला , जाजरकोट ,जुम्ला र मुगुका सडक खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।प्रदेश प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला मा पर्ने कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । यस्तै सल्यानको कपुरकोट गाउँपालिका–१ स्थित खारखोला , ३ र ४ मा रहेको अरिङ गाले , पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ । जुम्लाको तातोपानी गाउँपालिका १ राका कर्णाली करिडोरको जुम्ला नाग्मा सडक खण्ड अवरुद्ध भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो तथा सडकमा लेदो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ र ८ पिना देखि ताल्चामा पनि पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । यो पनि कर्णाली करिडोर नै हो । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा सडकमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा