धुलावारीकी हेमाको हत्या,कोठामा कुहिएको अवस्थामा भेटियो शव

झापा मेचीनगर ,११ असोज । झापाको मेचीनगर–१० धुलावारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिएको अवस्थामा कोठाभित्र फेला परेको थियो ।

हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विप्लवलाई भारतीय प्रहरीले शनिबार सिलिगुडी अदालतमा पेश गरेको छ ।

माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कुमार कामका लागि धुलावारी आएका बेला हेमासँग चिनजान भएको थियो ।

त्यसपछि विप्लवले हेमालाई फकाएर भारत लगेको माइती पक्षको भनाइ छ ।

केही समयअघि विप्लव कुमार ‘काम गर्न जान्छु’ भन्दै एक साताका लागि घरबाहिर गएका थिए ।

सोही अवधिमा हेमाको हत्या भएको हुनसक्ने आशंका माइती पक्षले गरेको छ ।

भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर