उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको ४४औँ वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले अनुसन्धान तथा विकास, ज्ञानको आदान–प्रदान र नवप्रवर्तनले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रिसर्च एन्ड डेभलपमेन्टबाट विभिन्न मुलुकहरूले यति प्रतिशत आर्थिक वृद्धि हासिल गरिरहेका छन् । त्यसमा नलेज सेयरिङ र इनोभेसनको कुरा महत्वपूर्ण छ । प्रोडक्सन मात्रै नभएर प्रोडक्टिभिटी त्यत्तिकै महत्त्वपूर्ण छ र त्यो प्रोडक्टिभिटीको माध्यमबाट हुने प्रोडक्सन अलिकति दिगो हुन्छ ।’

भट्टले विश्व अर्थतन्त्रमा अमेरिकाको नेतृत्वको पछाडि अनुसन्धान तथा विकास र नवप्रवर्तनमा गरिएको लगानी महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज संसारभरमा अमेरिकाले किन इकोनोमीलाई लिड गरिरहेको छ, इन्जिन अफ दि ग्लोबल ग्रोथ भनेर भनिरहेको छ भन्दा रिसर्च एन्ड डेभलपमेन्टमा भएको लगानी नै हो । उनीहरूले नवप्रवर्तनमा गरेको लगानी त्यत्तिकै महत्त्वपूर्ण देखिएको छ ।’

नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानबाट प्रशिक्षित कर्मचारीको व्यवहार र सेवा प्रवाहबाट देशका विभिन्न भूभागका नागरिकले लाभ लिने भन्दै उहाँले संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।

भट्टले प्रशासनिक तालिमले कर्मचारीको व्यवहार र नागरिकप्रतिको दृष्टिकोणमा समेत प्रभाव पार्ने बताउनु भयो । उहाँले बेलायतको औपनिवेशिक समयमा भारतमा भएको अनिकालको उदाहरण दिँदै प्रशासकलाई दिइने ज्ञान र तालिमले नागरिकप्रतिको व्यवहारमा समेत प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

उहाँले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व राजन खनालसँगको सहकार्यको प्रसङ्गसमेत उल्लेख गर्दै भट्टले मौद्रिक नीति निर्माणका क्रममा आफूहरूबीच भएको छलफल स्मरण गर्नु भयो।

भट्टले बैंकहरूलाई अनिवार्य रूपमा डिबेन्चर जारी गर्न दिने व्यवस्था ल्याउँदा सुरुवाती चरणमा विरोध भए पनि त्यसको दीर्घकालीन लाभ वित्तीय प्रणाली र अर्थतन्त्रले प्राप्त गरेको बताउनु भयो ।

उहाँले नीतिगत व्यवस्था ल्याउँदा तत्कालको प्रतिक्रिया मात्र नभई दीर्घकालीन प्रभावसमेत हेर्नुपर्ने बताउनु भयो ।

भट्टले बैंकहरूको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सबै प्रदेशमा खर्च गर्ने व्यवस्था ल्याउन आफूले पहल गरेको पनि बताृउनु भयो ।

उहाँका अनुसार सीएसआरको रकम प्रदेश–प्रदेशमा खर्च हुँदा समाजको उत्थान, गरिबी न्यूनीकरण, वित्तीय साक्षरता र जनचेतना अभिवृद्धिमा समेत सहयोग पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी