“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका छन्। कतिपय ठाउँमा मानिसहरूलाई रातारात सुरक्षित स्थानमा सारिएको छ।

रुपन्देहीमा तिनाउ नदीले खतराको तह पार गर्दा बुटवलका ६ घर बगाएको छ। नदी किनारका करिब २०० घर जोखिममा परेपछि करिब १ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।
चितवनमा नारायणी र रिउ नदी खतराको तह पार गरेपछि बाढीको जोखिम बढेको छ। नारायणगढ–मुग्लिन सडकमा समेत पहिरो र सडक कटानका कारण यातायात प्रभावित भएको छ। सडकको अवस्था निरन्तर बदलिइरहेको छ।

नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा नारायणी नदी बस्तीमा पसेपछि सयौँ परिवार प्रभावित भएका छन्। नदीले सडकसमेत डुबाएपछि कतिपय स्थानमा आवतजावतका लागि डुंगा प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
सप्तरीमा सप्तकोशीको बाढीले सयौँ घर डुबाएको छ। वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा सारिएको छ भने प्रभावित परिवारलाई अस्थायी रूपमा आश्रय दिइएको छ।

उता पहाडी जिल्लामा पहिरोले मानवीय क्षति निम्त्याएको छ। पाल्पा, बागलुङलगायतका जिल्लामा पहिरोका कारण मृत्यु र बेपत्ताका घटना भएका छन्। मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएको रिपोर्ट आएको छ।
सडक सञ्जालमा ठूलो धक्का

वर्षासँगै देशभरका प्रमुख राजमार्गसमेत प्रभावित भएका छन्। कर्णाली राजमार्ग, कर्णाली करिडोर, मध्यपहाडी र राप्ती राजमार्गका विभिन्न खण्ड पहिरोका कारण अवरुद्ध छन्। सडक खुलाउन डोजर तथा अन्य भारी उपकरण परिचालन गरिएको छ।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, तमोर करिडोर, कालिगण्डकी करिडोरलगायतका सडकमा पनि बाढी, पहिरो, कटान र ढुंगा खस्ने समस्या देखिएको छ।

तर केही सडकमा भने अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ। नारायणगढ–मुग्लिन सडक आइतबार दिउँसो पुनः सञ्चालनमा आएको रिपोर्ट छ।

अझै टरेको छैन जोखिम
सबैभन्दा चिन्ताको विषय—वर्षा रोकिए पनि बाढी र पहिरोको जोखिम तत्काल हटेको छैन। ठूला नदी तथा सहायक नदीमा पानीको बहाव बढिरहेको अवस्थामा कमजोर भूभागमा पहिरोको जोखिम कायमै छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी