चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपाल भित्रियो ४१ लाखको हुक्का फ्लेभर

काठमाडौं , असोज १२। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै नेपालमा हुक्का फ्लेभरको आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४१ लाख १२ हजार रुपैयाँ बराबरको ३ हजार ९५० किलो हुक्का फ्लेभर नेपाल भित्रिएको छ ।गत आर्थिक वर्षको यही अवधिमा २ लाख ५ हजार रुपैयाँ बराबरको १८० किलो मात्रै हुक्का फ्लेभर आयात भएको थियो । यस आधारमा मूल्यका हिसाबले करिब २० गुणा र परिमाणका हिसाबले करिब २२ गुणा आयातमा वृद्धि भएको देखिन्छ ।

हुक्का फ्लेभर हुक्कामा प्रयोग गरिने सुगन्धित मिश्रण हो, जसमा विभिन्न फलफूल, पुदिना वा अन्य स्वाद मिसाइएको हुन्छ । यस्ता उत्पादनमा निकोटिनयुक्त र निकोटिनरहित दुवै प्रकारका फ्लेभर पाइने भए पनि भन्सारको तथ्यांकले आयातको परिमाण र मूल्य मात्रै देखाउँछ ।विभागका अनुसार नेपालमा भित्रिने अधिकांश हुक्का फ्लेभर भारतीय बजारबाट आयात हुने गरेको छ । दुई महिनामै आयातमा देखिएको तीव्र वृद्धिपछि हुक्का फ्लेभरको बजार विस्तार भएको संकेत देखिएको छ । पछिल्ला वर्षहरूमा क्याफे, लाउन्ज र हुक्का बारमा हुक्का प्रयोग बढ्दै जाँदा यस्ता फ्लेभरको माग पनि बढेको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल