‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’:मुटुरोग विशेषज्ञ

काठमाडौँ,१३ असोज । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताउनु भएको छ।

उहाँका अनुसार विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिन्छ । स्ट्रेप्टोकोकस नामक ब्याक्टेरियाका कारण घाँटीमा संक्रमण भएर टन्सिल बढ्ने तथा पाक्ने समस्या देखिनसक्ने भन्दै उहाँले समयमै उचित उपचार गर्नुपर्ने बताउनु भयो।

‘टन्सिल पाक्ने रोग अर्थात टन्सिलाइटिस वा घाँटीमा इन्फेक्सन हुने समस्या जुन छ त्यो एक प्रकारको ब्याक्टेरिया स्ट्रेप्टोकोकस हो । त्यसले घाँटीमा इन्फेक्सन गरायो, टन्सिल बढ्यो, टन्सिल पाक्या भने त्यस्तो बेलामा उपचार गरिएन, नुनपानी, बेसारपानी, सिटामोलमा मात्र भर परियो भने समस्या बल्झिरहन सक्छ,’ उहाँले भन्नुभयो ।

डा. रेग्मीका अनुसार पटक–पटक टन्सिलको संक्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुग्न सक्छ । यस्तो अवस्थामा मुटुको भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसलाई ‘बाथ मुटुको रोग’ भनिने उहाँले बताउनु भयो।

‘टन्सिल पाक्ने वा बढ्ने समस्या फर्कीफर्की आयो भने बालबालिकाहरूलाई असर गर्छ । विशेषगरी ५ देखि १५–२० वर्षसम्म उमेरका स्कुल वा कलेज जाने उमेरका बच्चाहरुलाई टन्सिलबाट मुटुमा असर गर्नसक्छ । मुटुको भल्भ बिग्रिन सक्छ । यसलाई बाथ मुटुको रोग भनेर भनिन्छ’, उहाँले भन्नु भयो।

नेपालमा बाथ मुटुको रोग ठूलो समस्या रहेको उल्लेख गर्दै उहाँले यसबारे जनचेतनाको अझै कमी रहेको बताउनु भयो। टन्सिलको संक्रमण हुँदा घरमै नुनपानी, बेसारपानी वा सिटामोल मात्रै खाएर बस्न नहुने उहाँको भनाइ छ ।

 

उहाँले भने,‘घाँटीको टन्सिल पाक्दाखेरि उपचार गरेन भने मुटुको रोग लाग्न सक्छ । एन्टिबायोटिकमार्फत उपचार गर्नुपर्छ, चिकित्सककहाँ जानुपर्छ । घरमा बसेर नुनपानी खाएर, सिटामोल मात्रै खाएर उपचार गर्नुहुन्न।’

उहाँले टन्सिलको संक्रमण बारम्बार दोहोरिने बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने र ज्वरो आउनेजस्ता लक्षण देखिए चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उहाँको सुझाव छ।

डा। रेग्मीका अनुसार टन्सिलको संक्रमणपछि बाथ मुटुको रोग सिधै मुटुमा पुग्दैन। सुरुमा जोर्नीमा असर गर्ने र त्यसपछि मुटुमा समस्या निम्तिन सक्ने उहाँले बताउनु भयो ।

‘मुटुमा जानुभन्दा अगाडि जोर्नीमा जान्छ । जोर्नीहरू दुख्ने, सुन्निने हुन्छ, जसलाई हामी बाथ ज्वरो भनेर भन्छौँ,’ उहाँले भन्नाु भयो, ‘स्कुल जाने उमेरका बालबालिकालाई घाँटी दुख्ने अनि साथसाथै त्यसको केही समयपछि जोर्नीहरू दुख्ने, सुन्निने, ज्वरो आउने अवस्था देखियो भने चाहिँ सतर्क हुनुपर्छ ।’

जोर्नी दुखेका कारण कतिपय बालबालिका हाडजोर्नीसम्बन्धी चिकित्सककहाँ जाने गरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा मुटुको समेत परीक्षण गर्नुपर्ने बताउनु भयो।

‘धेरैजसो जोर्नी दुख्यो भनेर बालबालिकाहरू अर्थोपेडिकमा, हाडजोर्नीकोमा गएको हामी देख्छौँ र त्यहाँ गएर हाडजोर्नीको उपचारमा जाँदा पछि मुटु धेरै बिग्रिएको हुनसक्छ,’ उहाँले भन्नु भयो, ‘त्यसैले स्कुल उमेरका बालबालिकाहरूलाई जोर्नी नै दुख्ने भयो भने पनि एकपल्ट मुटु चाहिँ जचाउनुपर्छ ।’

समयमै रोग पहिचान गर्न सके मुटुलाई जोगाउन सकिने उहाँको भनाइ छ । तर मुटुको भल्भ बिग्रिएपछि त्यसलाई पुनः सामान्य अवस्थामा फर्काउन कठिन हुने र गम्भीर अवस्थामा भल्भ नै फेर्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनु भयो।

उहाँका अनुसार २० वर्षभन्दा कम उमेरका बालबालिकामा टन्सिलको संक्रमणपछि बाथ मुटुको रोग हुने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ। २० वर्षभन्दा माथि यस्तो समस्या हुने सम्भावना कम हुने उहाँले बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यस्तो छ कारण, अमेरिका र क्यानाडाबिच तनाब चुलियो

काठमाडौँ, १३ असोज । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर ,१३ असोज। तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति विराटनगर–६ सरोचियास्थित

कच्चा तेलमा लाग्ने आयात शुल्क घटाउदै भारत, नेपाली अर्थतन्त्रमा पर्छ यस्तो असर

काठमाडौं ,१३ असोज। नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’:मुटुरोग विशेषज्ञ

काठमाडौँ,१३ असोज । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताउनु भएको छ।

किन धकेलियो कांग्रेसको महाधिवेशन?

काठमाडौं ,१३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा